नेताका निवास सुनसानः भेटघाट ठप्प, घरमै ‘सेल्फ क्वारेन्टाइन’

Logo
मंगलबार, चैत्र ११, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्नका लागि आजबाट देशभर लकडाउन गरेको छ । भीडभाड नगर्न, आफ्नै घरभित्र मात्र बस्न सरकारले आह्रवान गरेपछि राजनीतिक दलका नेताहरु पनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा छन् । नेताहरुले भेटघाट ठप्प बनाएका छन् । कोही कसैसँग पनि अहिले भेटघाट गरेका छैनन् ।

जरुरी भेटघाट यदाकदा गर्ने गरेपनि त्यसलाई पनि सक्दो टेलिफोनबाट नै गर्ने र भेटघाटलाई निस्तेज गर्ने काम गर्दै आएका छन् । नेकपा अध्यक्ष प्रचण्डले गत बिहिबारबाट नै अत्यावश्यक बाहेक अन्य भेटघाट पूरै बन्द गरेका छन् । उनी अहिले घरमै परिवारका साथ बसिरहेका छन् । बिहान ५ वजे उठेयता आधा घण्टा गीत संगीत सुन्ने, त्यसपछि घर कम्पाउण्डमै पसिना आउने गरी टेबुलटेनिस खेल्ने, साइकल चलाउने र त्यसपछि नुहाउने र परिवारका सदस्यसँग गफिएर बस्ने काम अहिले प्रचण्ड गरिरहेका छन् ।

प्रायः निवासमा रहेका बेला दिउँसो फूर्सद मिल्दा दिउँसो १ देखि ३ बजेसम्म अध्ययन गर्ने गरेका प्रचण्डले अध्ययन गर्ने समय अलिक बढी निकालेका छन् । उनी इतिहास र दर्शनसँग सम्बन्धित किताबहरु अध्ययन गरेर अहिले बसिरहेका छन् । उनले हिजो सोमबार पनि कोही कसैसँग पनि भेटघाट गरेनन् । परिवारसँग मात्र बसेका थिए । प्रधानमन्त्री केपी ओली मृगौला पूनः प्रत्यारोपणका कारण यसै पनि प्रधानमन्त्री निवासमा आराम गरि बसिरहेका छन् । त्यसमाथी कोरोनाका कारण पनि उनले भेटघाट गरिरहेका छैनन् ।

आफ्नै सचिवालयका सदस्यहरुमा पनि अत्यावश्यकहरुलाई मात्र भेट्ने र अन्यसँग अहिले उनले भेटघाट गरिरहेका छैनन । सरकारका लागि गर्नेपर्ने केही काम, योजना र निर्देशनका लागि उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र गृहमन्त्री रामवहादुर थापासँग यदाकदा भेट गर्ने गरेका छन् । ओलीका लागि आराम गर्ने उपयुक्त मौसम पनि अहिले मिलेको छ । नत्र रोग बोकेरै भएपनि सक्रिय हुन चाहने ओलीको बानीलाई कोरोनाले आराम गर्ने राम्रो अवसर भने मिलेको छ । त्यसकारण पनि उनी बालुवाटारमै आराम गरेर बसिरहेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि घरमै अध्ययन गर्ने र परिवारसँग बस्ने गरेर समय बिताईरहेका छन् । उनी पार्टीसँग सम्वन्धित काम र योजनाका बारेमा नेताहरुसँग आवश्यक पर्दा टेलिफोनमार्फत सम्र्पकमा छन् । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले सोमबार बिहान केही कार्यकर्तालाई भेटघाट गरेपनि त्यसपछि भेटघाट रोकेका छन् । उनी पनि निवासमा लेखपढ गर्ने काममा लागेका छन् । समय कटाउन अधिकाशं नेताहरुले लेखपढलाई माध्यम बनाएका छन् । वामदेव गौतमले पनि केही दिन यता कसैसँग पनि भेटघाट गरेका छैनन् । उनलाई दिनहँु जसो भेट्न पुग्ने नेता बलराम बाँस्कोटा र हरि पराजुलीसँगको भेटघाट पनि गौतमले अहिले रोकेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारका तर्फबाट गर्नुपर्ने तयारी र गृहमन्त्रालयले दिनुपर्ने निर्देशन र योजनाका आवश्यक छलफल बाहेक अन्य भेटघाट बन्द गरेका छन् । पूर्व प्रधानमन्त्री तथा काँग्रेस नेता शेरबहादुर देउवाले पनि भेटघाट बन्द गरेका छन् ।

उनको निवास पनि अहिले सुनसान छ । घरमै परिवारसँग उनले समय बिताईरहेका छन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले टेलिफोनमा जरुरी कुरा भए गर्ने अन्यथा सबै खाले भेटघाट बन्द गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry