काठमाडौं । सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्रासहितका व्यवसायको लगानीमा नयाँ मास्क उद्योग खोलिएको हो ।
दैनिक ५० देखि ७० हजार गोटा मास्क उत्पादन गर्न सकिने गरी उद्योगले उत्पादन सुरु गरेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए । नाकामा मेसिन र उपकरणहरु अडि्कँदा निर्धारित समयभन्दा ३ दिन ढिला गरेर सोमबारबाट मास्क उत्पादन सुरु भएको हो ।
सरकारले निजी क्षत्रेलाई मास्क उत्पादन गर्न आग्रह गरेबमोजिम निकै तीव्रताका साथ नयाँ उद्योग खोलेर उत्पादन सुरु गरिएको हो । चेम्बर अफ कमर्सले सरकारलाई संकटको सामाना गर्न सघाउने भन्दै अध्यक्ष श्रेष्ठले सबैको सहयोग आवश्यक रहेको बताए ।