नेपालमा कोरोना भाइरसका चौथो संक्रमित भेटिए

Logo
शुक्रबार, चैत्र १४, २०७६

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चौथो संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्।

डा. देवकोटाका अनुसार संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन्। ‘उनी धनगढी प्रादेशिक अस्पतालमा उपचाररत छन्’, देवकोटाले भने, ‘उनको अवस्था सामान्य छ। ३४ वर्षीय नेपाली पुरूषको टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाामा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।’

यसअघि बुधबार कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो।

अहिले उनी टेकु्स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो। त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry