बेलका नगरपालिकाले नगरभित्र रहेको दैनिक ज्याला मजदुरी र अति विपन्न परिवारको नामकरण संकलन गर्न सुरु गरेको छ ।
विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा केहि दिन देखि लक डाउन गरिएको छ। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरि खाने र विपन्न परिवारहरुको खाद्यन्नको अभाव देखिएका कारण सहयोग जुटाउन नामकरण संकलन गरिएको हो।
दिनभरी गरेको कामले बिहान बेलुका छाक टार्ने परिवार अहिले विचल्ली भएको अवस्था छ । यसै समस्याको समधानमा बेलका नगरपालिकाले नगरभित्र रहेका त्यस्ता परिवारको पहिचान गरी तत्काल खाद्यन्न वितरणमा लागि पर्ने बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले जानकारी दिए ।
थापाका अनुसार त्यस्ता व्यक्तिहरुको पहिचान गरी प्रत्येक परिवारलाई २५ केजि चामल ,३ केजि दाल ,३ केजि नुन, २ लिटर तेल २ थान हात धुने साबुन प्रदान गरिने छ । त्यसैगरी लक डाउनको पालना र उच्च सतर्कताको निम्ति बेलका नगरपालिकाले गाउँमै खाद्यन्न छुटमै पुराउने व्यवस्था समेत गरेको छ ।
संक्रमण अवस्थामा जनताहरुलाई कुनै विचौलियाको फेला नपार्न र खाद्यन्न बढेर जाने अवस्थालाई मध्ये नजर गर्दै साविकको भाउमा जनताहरुलाई खाद्यन्न उपलब्ध गराउन पनि नगरपालिकाले १ सय ९० कुइन्टल चामल व्यवस्था गरिसेको जनाएको छ । यस्तो अवस्थामा बाहिर नजाने र घरमै बस्नु पर्ने भन्दै ३ हजार ८ सयमा १०० केजी चामल भाडा निशुल्क गरि घरमै पुराइदिने व्यवस्था नगरपालिकाले गरेको जनाएको छ ।
बेलकामा कोरोना संक्रमण बाट बच्न र बचाउनका लागि नगरपालिकाले बिभिन्न देश बाट आएकाहरुलाई स्वास्थ्य परिक्षण, तथा त्यस्ता व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
विदेशबाट आएका हरुमा मात्र कोरोनको संक्रमण देखिएका कारण बैदेशिक रोजगारबाट आएका व्यक्तिहरुलाई विषेश निगरानी गरी क्वारेन्टाइन बस्न आग्रह गर्दै डिस इन्फेक्टेड औषधि समेत प्रयोग गरिएको छ । वडा नं १ र २ मा ३९ घर परिवारमा र वडा नं ४ र ५ मा १७ घर परिवारमा औषधि छर्किएको छ ।