उदयपुर । लकडाउनको समयमा त्रियुगा नगरपालिका भित्र दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई उदयपुरका समाजसेवी महेश रेग्मीले आर्थिक सहयोग गर्नु भएको छ।
उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने रेग्मीले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको दैनिकीमा सहज पुर्याउने उद्देश्यले ५ लाख २१ हजा ३ सय ३३ रुपैयाँ बराबरको चेक मेयर बलदेव चौधरीमार्फत विपद राहत कोषलाई सहयोग गर्नु भएको हो।
त्रियुगा नगरपालिकाका १६ वटै वडामा रहेका दैनिक ज्यालादारीका मजदुर, विपन्न, गरिव असायहरूलाई सहयोग पुर्याउने हेतुले २५ केजी बोराको ४ सय ५० बोरा चामल, १ हजार पिस मास्क, १ हजार प्याकेट नुन र १ हजार पिस साबुनका लागि त्रियुगा नगरपालिकाको विपद राहत कोषमा जम्मा हुने गरि मेयर बलदेव चौधरीलाई हस्तान्तरण गरेको समाजसेवी रेग्मीले बताउनु भयो।
यस अघि समाजसेवी रेग्मीले बेलका नगरपालिकालाई १ लाख बराबरको चेक, कटारी नगरपालिकालाई १ सय बोरा चामल र रौतामाई गाउँपालिकालाई ७५ हजार बराबरको सामग्री हस्तान्तरण गर्नु भएको छ।