आगलागी हुँदा चार घर जलेर नष्ट

Logo
रासस आइतबार, चैत्र २३, २०७६

सर्लाहीको हरिवन नगरपालिकामा विद्युत चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।

आगलागीबाट ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। हरिवन—२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो।

आगलागीबाट रामबाबुको घरसँगै अरु तीन वटा घर पनि जलेको छ। आगलागीबाट रामबाबु महतोको काठ र खपडाले बनेको दुईतले घर पूर्णरुपमा जल्दा २० लाख रुपैयाँको क्षति भएको छ।

त्यस्तै निजको छोरा राजकिशोर महतोको एकतले कच्ची घर पनि पूर्णरुपमा जलेर पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट स्थानीय लालबाबु महतोको एकतले घर जलेर १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने स्थानीय रामजनम हताको दुईतले घरको आधा भाग जलेर नष्ट भएको छ।

आगलागीबाट उनको दुई लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगो हरिवन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो।

यसैबीच जिल्लाको धनकौल गाउँपालिकामा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा तीन जनाको फुसको घर जलेर नष्ट भएको छ।

धनकौल गाउँपालिका–२ निवासी रामप्रसाद रायले बालेको घुरबाट आगलागी हुँदा निजको फुसको घर जल्नुका साथै उनको छिमेकी जादु राय र कैलाश रायको फुसको घर शुक्रबार राति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आगलागीबाट ७५ हजार रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको स्थानीयवासी राजेश झाले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry