उदयपुरको त्रियुगा नगरपालिकाको १२ नं वडाले कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरि जिविको पार्जन गर्ने, बिपन्न,र असाहयहरुलाई राहत वितरण गरेको छ।
त्रियुगा नगर पालिकाको बिपत राहत कोष मार्फत लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गरि जिविको पार्जन गर्ने, बिपन्न,र असाहयहरुलाई राहत वितरण गरिएको हो।
वडा भित्र रहेका ४ सय ४० घर परिवारलाई १० केजी चामल एक केजी नुन एक केजी दाल र ५०० एमएलको एल पोका तेल वितरण गरिएको वडा अध्यक्ष जय बिक्रम राईले जानकारी दिए।
यस अघि वडाले एक लाख बराबरको माक्स र हात धुने साबुन वडाका सबै घर धुरीलाई वितरण गरेको राईले बताए। यस्तै अध्यक्ष राइका अनुसार वडामा रहेका अति बिपन्नहरुलाई ५ केजी चिउरा समेत वितरण गरेको छ।