सर्व साधारण नागरिकले जनप्रतिनिधि चुन्दा थोरै भएपनि आफ्नो गाउमा बिकाश होस र आफ्ना साधारण आबस्यकता परिपूर्ति गर्न सहज होस् भनेर आफ्नो समयको समेत ख्याल नगरी दिनभर लाइन बसेर भोट दिन्छन।
त्यो समयमा जनप्रतिनिधिहरुले पनि ति गरिब बिपन्न सर्वसाधारण जनतालाई अनेकौ बाचा गर्दै आशाको दियो जलाई दिन्छन। तर सर्वसाधारण जनताको आशा
जनप्रतिनिधिको भासणमा मात्र सिमित हुन्छ । त्यहिँबाट सुरु हुन्छ कसैको ऐसो आरामको जिन्दगि र कसैको पिडाको दिन।
गरिबको एक भोटले प्रतिनिधि हरुले नेपालका उत्कृष्ट सहरहरुमा आफ्नो एसो आरामको घर बनाएर भुइमा कामको खोजीमा हिडेका तिनै सर्व साधारण हरुलाई माथी बालकोनीमा बसेर नियाली रहेका रहेका हुन्छन।
१० बर्षे जनयुद्ध कालमा माओबादीले हतियार सहित राज्य संग लड्यो। माओबादिले वर्ग संघर्षका कुरा गर्यो सबै धनी गरिब एकै समान भन्यो। त्यसबेला तिनै मजदुर र श्रमिकले बिश्वास गरे र खुन पसिना बगाए।
तिनै गरिब र श्रमिकको बुइ चढेर काठमान्डौमा एसो आरामको जिन्दगि बिताए। आफ्ना छोरा बुहारीलाई समेत मेयर र मन्त्री बनाए। तर ति श्रमिक र मजदुरको अवस्था झन् दयनीय बन्यो।
आज प्रकृतिले दिएको बिपत्तिले समेत तिनै श्रमिकलाई आँखामा आँसु दिएको छ। विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले नेपालमा पनि असर पर्न थालेपछि सरकारले यसको असर रोक्न देश भर चैत्र ११ बाट लागु हुने गरि लकडाउन गर्यो।
कर्फ्यु बन्द हड्ताल खेपेका नेपालीका लागि लकडाउन नयाँ थियो। लकडाउन कस्तो कती समयका लागि भन्ने समेत धेरै नागरिकलाई थाहा थिएन। कुनै श्रमिक र ज्यालामजदुरी गरेर खानेहरुले समेत कुनै भोलीको लागि सोच्न पाएनन।
आज सरकारले कोरोना संक्रमण रोक्न गरेको लकडाउनले तेस्ता श्रमिक र ज्यालामजदुरी गरि खानेहरुको अवस्था अहिले दयनीय बनेको छ। आफु खान नपाएर छटपटाउने अवस्थामा आफ्नो दुखमा साथ दिने बाचा गरेका जनप्रतिनिधि फर्किएर समेत नआउदा गरिबको अपमान भएको बताउछन।
केही राहत लिएर आएका भएपनि आफ्ना आसेपासे र कार्यकर्ता पोस्ने काम भएको प्रति उनीहरुको दुखेसो छ।