व्यक्तिगत सुरक्षाको समेत प्रवाह नगरी सुरक्षा दिने प्रहरीको राहतका लागि तलब काट्नु उपयुक्त होलार ?

Logo
खेमराज दाहाल शुक्रबार, चैत्र २८, २०७६

भोक, तिर्खाकोसमेत पर्वाह गरी नागरिकको सुरक्षामा खटिएका उनीहरुलाई प्रोत्साहन गरेर शतप्रतिशतसम्म भत्ता दिनु पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालले ‘कोरोना उपचार राहत कोष’मा रकम जम्मा गर्न भन्दै अधिकृतहरुलाई तलबको रकम कटौती गर्ने भएको छ ।

लकडाउन पालना गराउन दैनिक एक सुरक्षा कर्मी १८ घण्टा सम्म ड्युटीमा खटिएका छन् । सुरक्षाकर्मीहरु व्यक्तिगत सुरक्षा उपकरणको नाममा सर्जिकल मास्कसमेत नलगाई कार्यक्षेत्रमा खटिएका छन् । उनीहरु कम्तिमा १२ घन्टा देखी १८ घण्टा सडकमा उभिनुपर्छ । यसबीच न चियाखाजाको प्रबन्ध, न शौचालय जाने सुविधा।

उदयपुर जिल्ला प्रहरी कार्यालयमा काम गर्ने असई बाबुराम थापा दैनिक फिल्डमै खटिन्छन्। दिन भर सडकमा बसेर तराईको दिउसोको रापिलो ४० डिग्रीको घाममा खटिरहेका हुन्छन।

आफु रापिलो घाममा पानी पनि नखाई तातो हावाको बाफ खाएर असिन पसिन हुदै लकडाउन पालना नगर्नेहरुलाई सम्झाउछन र भन्छन “जानुस घरमा बस्नुस।”

यस्तै अर्का सई इन्द्र देव यादबको दैनिकी पनि उस्तै छ। उनि प्रहरीको भेनमा बसेर दिन भर त्रियुगा नगरपालिकाको परिक्रमा गरि रहन्छन। कोही स्थानीय हरु बाटोमा हिडेको देखे या भिडभाड देखे भने कोरोना संक्रमण बढ्ने भन्दै यसो नगर्न सुझाब दिन्छन र भन्छन – “आफु पनि सुरक्षित रहनुहोस र अर्कोलाई पनि सुरक्षित रहन मदत गर्नुहोस्।”

कोरोना महामारीले अहिले देशव्यापी लकडाउन छ। सबैजसो सरकारी तथा निजी अफिस बन्द छन्। सुरक्षाकर्मी बाबुराम र इन्द्रदेव भने भोकतिर्खा नभनी काममा खटिएका छन्।

यसबापत् दिनको तीन सय रूपैयाँ खाजा खर्च दिने निर्णय सरकारले गरेको छ। ड्युटीमा खटिने प्रहरीको जिम्मेवारी कदर गर्दै भत्ता दिने निर्णय भएका बेला हेडक्वार्टर भने तलब काटेर कोषमा जम्मा गर्न खोजिरहेको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार पत्र काट्दै असईदेखि माथिका प्रहरीको तलब काटेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भनेको छ।

हरेक विपत्तिको बेला नेपाली नगारिकको अबिभाबक बन्दै आएका सुरक्षाकर्मीको तलबभत्ता कटाउनुको साटो सरकारले नागारिकका लागि खर्च गर्न दिएको जनताका प्रतिनिधिहरुको संसदबिकास कोषको पैसा कटाएर राहतकोषमा जम्मा गर्नु पर्ने बेलामा आफ्नो सुरक्षाको समेत ख्याल नगरी रातो दिन देश र जनताको लागी खटिने सुरक्षाकर्मीको तलव भत्ता काटिनु ति राष्ट्र सेवकको मनोवल घटाउने काम हो।

प्रहरी संगठन जसले जोखिमको समयमा जहिल्यै पनि अग्रणी भूमिका खेलेर उभिएको हुन्छ । त्यस्तो संगठनका कर्मचारीलाई जवर्जस्ती राहतकोषमा जम्मा गर्न तलवभत्ता कटाउनु उचित हैन। यसमा सरकारले प्रभावकारी भूमिका निर्वाह गरेर सुरक्षाकर्मी तलवभत्ता कटाउने निर्णयलाई रोकाएर सांसद विकास कोषको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नु नै आजको आबस्यकता हो र गर्नु पर्छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry