काठमाडौं : कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। यो समाचार तयार पार्दा सम्म विश्वमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय ९६ पुगेको छ ।
इटलीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जना संक्रमितले ज्यान गुमाएका छन्। तर संक्रमित र गम्भीर अवस्थामा पुगेका बिरामीहरूको संख्या हेर्दा अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुने देखिएको छ।
अहिलेसम्म अमेरिकामा १८ हजार ,७ सय २५ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा अमेरिकामा २ हजार बढी कोरोना संक्रमितको ज्यान गएको छ।
कोरोना संक्रमण अवस्थाबारे ताजा तथ्यांक अद्यावधिक गरिरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर १६ लाख ९८ हजार ३ सय २३ जना संक्रमित भेटिएका छन्। यी मध्ये तीन लाख ६९ हजार ९२७ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म नौ जना संक्रमित भेटिएका छन्। तर दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ।
अहिलेसम्म त्यहाँ २ सय ४९ जना संक्रमितको मृत्यु भएको छ। ७ हजार ६ सय जना संक्रमित छन ।