उदयपुरमा लकडाउन अवज्ञा गर्ने ३ जनालाई मुद्दा दर्ता

Logo
आइतबार, चैत्र ३०, २०७६

उदयपुर । उदयपुरमा लकडाउन अवज्ञा गर्ने ३ जनालाई प्रहरीले मुद्धा दर्ता गरेको छ । आफु पनि संक्रमणको खतरामा र अरुलाई पनि खतरामा पार्ने गरी हिडेको पाईएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत उनीहरुलाई मुद्दा चलाइएको हो ।

एउटा मोटरसाईकलमा चढेका त्रियुगा नगरपालीका ३ बस्ने सुबज बयलकोटी, त्रिनपा १२ बस्ने जगदीश भगत र त्रिनपा ११ बस्ने रन्जन गुप्तालाई लकडाउनको डिउटीमा खटिएका प्रहरीले नियन्त्रण लिएको थियो ।

उदयपुर प्रहरीका अनुसार उनीहरुले विरामीको नाटक गर्दै प्रहरीलाई छल्न खोजेपनि प्रहरीले चेकजाँच गरेपछि गल्ती पत्ता लागेको थियो ।

पेट दुखेको वाहना गर्दै अस्पताल जान लागेको भनेर प्रहरीलाई झुक्याउने तीनैजनालाई चेकगर्दा कुनै समस्या नरहेको र अस्पताल पनि नहिडेको पत्ता लागेको थियो ।

ट्राफिक नियमसमेत उलंघन गर्दै लकडाउनको अवज्ञा गरेको पाएपछि मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए ।

हाल उनिहरुलाई म्याद थप गरि कारवाहीको लागि अनुसन्धान भइरहेको एसपी मगरले जानकारी दिए ।(सांकेतिक तस्विर)

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry