नेपाललाई चार स्वर्ण दिलाएकी पौडीबाज गौरिकाका बाबुलाई कोरोना संक्रमण

Logo
मंगलबार, बैशाख ०२, २०७७

काठमाडौं : किर्तिमानी पौडी खेलाडी गौरिका सिंहका बाबुलाई कोरोना भाइरको संक्रमण भएको छ। परिवारसहित बेलायत बस्दै आएको उनको परिवारमा आफ्ना चिकित्सक बुवालाई कोरोना भाइरस संक्रमण देखिएपछि दुई साता गौरिका परिवारसहित क्वारेन्टाइनमा बसेकी थिइन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा परिवारको तस्विरसहित स्टाटस लेख्दै उनले दुई साताको आइसोलेसनमा बसेपछि बुबा पारस पूर्णतया सञ्चो भएको गौरिकाले खुलाएकी छन्। तर थुप्रै मानिस आफ्ना बुबाजस्तो भाग्यमानी नभएको बताएकी छन्।

फेसबुकमा उनले लेखेकी छिन्– “नयाँ वर्ष २०७७ को शुभकामना। यो नयाँ वर्षको सुरुवात मात्र होइन, हाम्रो १४ दिने क्वारेन्टाइन अन्त्य भएको दिन पनि हो। दुई साता अघि एनएचएसका लागि काम गर्नुहुने मेरो चिकित्सक बुबालाई कोरोना भाइरसको लक्षण देखिएको थियो। यो १५ दिन निकै डरलाग्दो रह्यो। तर उहाँ अहिले ठिक भइसक्नु भएको छ। तर हजारौँ मानिसहरुसँग यति भाग्यमानी छैनन्। भित्र बसेर यो खतरनाक भाइरसबाट आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ। जब फ्रन्टलाइनमा बसेर महत्वपूर्ण कामदारहरु लड्दै हुनुहुन्छ हामी एकान्तमा बसेर थोरबहुत योगदान गरौँ। आगामी दिनमा सुरक्षित र स्वस्थ्य जीवनका लागि शुभकामना।”

गौरिकाले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि चार स्वर्ण र दुई रजत पदक जितेकी थिइन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry