काठमाडौं : विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय ८६ पुगेको छ। १९ लाख २४ हजार ६ सय ३५ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म अमेरिकामा संख्या २३ हजार ६ सय ४० को ज्यान गएको छ ।
अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। वल्डोमिटरको तथ्यांक अनुसार त्यहाँ संक्रमितको संख्या ५ लाख ८६ हजार ९ सय ४१ छ। विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्।
त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ। त्यहाँ विगत २४ घण्टामा ५ सय ८३ जनाको ज्यान गएको छ। इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ। इटालीमा संक्रमितको संख्या १ लाख ६० हजार छ।
त्यस्तै स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ भने त्यहाँ विगत २४ घण्टामा ७ सय १७ ले ज्यान गुमाएका छन्।
त्यस्तै फ्रान्समा १५ हजार मानिसले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ३७ हजार हाराहारी रहेको छ। विश्वभर ४ लाख ४५ हजार मानिस निको भएर घर फर्किसकेका छन्।