उदयपुर – उदयपुरमा हाल सम्म कोरोना संक्रमणको आसंका लागेका १३५ जनालाई स्वाव परीक्षण विधि (पीसीआर) र र्यापिड डाइग्नोष्टिक विधि (आरडीटी)बाट परिक्षण गरिएको छ।
जन स्वास्थ्य कार्यालय उदयपुरका अनुसार स्वाव परीक्षण विधि (पीसीआर) मार्फत ७० जना पुरुष र ८ महिलाको परिक्षण गरिएको छ। यता र्यापिड डाइग्नोष्टिक विधि (आरडीटी) मार्फत ५३ पुरुष र ४ महिलाको परिक्षण गरिएको छ।
दुवै विधिबाट गरेको परिक्षणमा सवैको नतिजा भने नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय उदयपुर सुचना अधिकारी लौकाजी राइले जानकारी दिए। राइका अनुसार उदयपुरमा हाल ८ महिला सहित ८० जना क्वारेन्टाइनमा छन्।
चौदण्डी नगरपालिकामा कोरोना संक्रमणको आसंकामा २ जना आइसुलेसनमा छन् भने ४ जना कोरोना संकास्पद बिरामीहरु अस्पताल भर्ना भएका थिए।