नेपालमा सवै भन्दा पहिले एक ३२ बर्षिय युवकमा कोरोनाको संक्रमण देखिएको थियो। उनि नेपालमा कोरोना संक्रमण देखिनु अगावै निको भएर घरमै सामान्य दैनिकी बिताइरहेका थिए। नेपालमा दोस्रो कोरोना भाइरस संक्रमण फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीमा पाइएको थियो।
चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट नेपाल आएका धादिङका ३२ वर्षका पुरुष तेस्रो संक्रमित व्यक्तिको रुपमा देखिए। चौथो संक्रमितको रुपमा दुबईमा काम गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखियो।
बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा पाँचौ कोरोना संक्रमितको रुपमा भेटियो। छैटौ संक्रमितको रुपमा कतारको दोहामा काम गरेर फर्किएका नेपालीमा देखियो। यसरी क्रमिक रुपमा देखिएका कोरोना सक्रमित हरु निको भएर घर फर्की सकेका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारत कोरोना भाइरस संक्रमित चारैजना निको भएका छन्। कोरोनाका बिरामीको उपचारमा खटिएका डाक्टरका अनुसार चैत ३० गते र वैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित दुई साता लामो उपचारपछि निको भएका हुन् ।
नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित भएको जिल्लाको रुपमा चिनिएको उदयपुर जिल्लाका कोरोना संक्रमितहरुको अवस्था पनि सामान्य रहेको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।