१ . नेपालगन्ज र रुपन्देहीमा दुई कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो, देशभर हाल २३ हजार बढि क्वारेन्टाईनमा, ८० जना आईसोलेशनमा
२. प्रदेश १ मा आरडीटी परीक्षण रोक कांग्रेसको माग, आरडीटी परीक्षणको नतिजा अविश्वसनीय देखिएकाले तत्काल रोक लगाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय
३. प्रत्येक परिवारमा कम्तीमा एक जनाको कोरोना परीक्षण गर्न सरकारलाई संसदीय समितिको निर्देशन, लकडाउन खुकुलो पार्ने योजना ल्याउन पनि सरकारलाई आग्रह
४. प्रदेश १ मा अनुत्पादक क्षेत्रको करिब ५ अर्ब बजेट कटौती, चालू वर्ष खर्च हुन नसक्ने बजेट सबै मन्त्रालयलाई सुम्पिन सरकारको निर्देशन
५. नेकपा एमसीसी कार्यदलले प्रतिवेदन बुझायो, सम्झौतामा उल्लेख गरिएका कतिपय व्यवस्था अन्योल उत्पन्न गर्ने किसिमका र त्रुटिपूर्ण रहेको कार्यदलको निष्कर्ष
६.परिस्थिति बिथोल्न खोजे सरकार, नेकपा कार्यकर्ता र जनतालाई स्वीकार्य नहुने प्रधानमन्त्री ओलीको चेतावनी, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चारमाध्यम पनि संलग्न रहेको ओलीको आरोप
७. इटहरीमा १७ वर्षीया युवतीको सामूहिक बलत्कार , सिमरबना एकान्त बगौचा घुम्न जाँउ भन्दै ९ जनाले बलात्कार गरेको प्रहरीमा उजुरी,उदयपुरमा पनि सुतिरहेकी बालिकालाई कोठामै पसेर बलात्कारको प्रयास
८. उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाले २५ लाख बराबरको प्रकोप ब्यबस्थापन कोष स्थापना गर्ने, स्वास्थ्यकर्मी बाहेक पालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक , लगायतको तलब भत्ता कट्टा गरि कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष राइको भनाई
९.सरकारले दैनिकी सहज बनाउने काम गर्नुपर्ने छाया श्रममन्त्री डिला संग्रौलाको भनाई, श्रमिकलाई पर्याप्त श्रमिक राहत दिएर आश्रित परिवारको जीवनरक्षा गर्न सरकारको ध्यानाकर्षण
१०. नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ योजनालाई बजेट नछुट्याउने, पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने परिस्थितिमा नयाँ योजनाहरु आउन समय लाग्ने बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई
११.राजपा अध्यक्ष मण्डलले पार्टी एकता अनुमोदन र्गयो, निर्वाचनमा दल दर्ता गराउन हस्ताक्षर संकलन गर्दै
१२. विश्वभर १० लाख ४२ हजारभन्दा बढि (कोभिड १९) सङ्क्रमित निको भएर घर फर्किए, २ लाख ३४ हजार बढीको मृत्यु
१३. मेडिकल सामग्री ल्याउन चीन उड्यो हिमालय एयरलाइन्सको जहाज, कोरोना भाइरस रोकथाम तथा उपचारका लागि आवश्यक मेडिकल सामग्री ल्याईने
१४. नेकपा विवादबारे चिनियाँे चासो, आज प्रचण्ड र नेपालसँग राजदूतका भेटवार्ता
१५. इजिप्टमा सैनिक गाडीमा बम विस्फोट, १० सैनिक मारिएको वा घाइते भएको आशंका