त्रियुगा उद्योग बाणिज्य संघको सहकार्यमा नेपाली कांग्रेसका नेता बसन्त बस्नेतले त्रियुगा नगरपालिका भित्रका बिभिन्न वडामा स्थानियहरुलाई राहत वितरण गरेका छन् । राहत वितरणमा नगरपालिकाको नजर पुग्न नसकेको बिपन्न बस्तिहरुमा छायाँ सरकारका मेयर समेत रहेका बस्नेत सहितको टोलीले राहत उपलब्ध गराएको हो ।
त्रियुगा नगरपालिकाका भित्रका बिपन्न ७ सय घर परिवारलाई १० किलो चामल, २ किलो चिउरा, १ पोका नुन, १ पोका तेल, र एक डल्ला सावुन सहितको प्याकेज बनाएर वितरण गरेको नेता बस्नेतले बताए।
उनका अनुसार उदयपुर अस्पताललाई १० थान पिपीइ सेट र ५ थान मेडिकल मास्क उपलब्ध गराइएको छ। नगरका ४, ५, ६, र १२ का बिपन्न बस्तिमा पुगेर १० बोरा चामल, ३ बोरा चिउरा, ५ बोरा मुराई र १० थान माक्स बितरण गरेको उनले बताए।
नगरपालिकाले लागु गरेको एकद्धार राहत वितरण प्रणालीलाई सहयोग गर्दै बिपत् कोषमा रकम र खाद्य सामाग्री उपलब्ध गराउँदै आएको कांग्रेसले नगरपालिकाको नजर पुग्न नसकेको बस्तिहरुमा कांग्रेस नेता बस्नेत आफै उपस्थित भएर राहत वितरण गरेका हुन् ।
रोग र भोक सँग लडिरहेका नगरबासीहरुको जिवनयापन कष्टकर बन्न नदिन उद्योग बाणिज्य संघ सँग समन्वय गरि आफ्नो दायित्व सम्झेर राहत वितरणमा लागिपरेको नेता बस्नेतले बताए । राहत वितरणमा उद्योग बाणिज्य संघका अध्यक्ष भगत सहित सदस्य नबिन बस्नेतको उपस्थिति रहेको थियो।
उनले आगामी दिनमा पनि आवश्यक्ताका आधारमा बिपन्न परिवारहरुलाई घरमै पुगेर राहत वितरण गर्ने बताए। ‘घरमा चुलो बल्न नसकेको गुनासो नागरिक स्तरबाट आएपछि आफै गएर बितरण गरेका हौँ ।’ नेता बस्नेतले भने, ‘हामी संग पनि नागरिकहरुको ठुलो आसा र भरोसा छ, म त्यसलाई मेट्न दिन्न, नगरबासीहरुको सुख दुःख दुबैमा मेरो साथ छ ।’