कोरोनाका कारण झन्डै साढे २ लाखको गयो ज्यान, संक्रमित ३५ लाख नाघे

Logo
सोमबार, बैशाख २२, २०७७

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५० हजारको निकट पुगेको कोरोनाको अपडेट गर्दै आएको वोर्ल्डोमिटरले जनाएको छ। यस्तै संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ।

मृत्यु हुने र संक्रमितको संख्यामा बढेको देखिए पनि दैनिक थपिने संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ।

पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिका र युरोपेली मुलुकबाट रहेका छन्। यस्तै ल्याटिन अमेरिका, अफ्रिका र रसियामा संक्रमितको संख्या बढिरहेको छ।

पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार ४ जना नयाँ संक्रमित थपिएको वोर्ल्डोमिटरले जनाएको छ। हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर छ।

यसैगरी साढे ११ लाख बढी मानिस निको भइसकेका छन्। अमेरिकामा मात्र भाइरसका कारण ६८ हजार बढीको ज्यान गैसकेको छ भने निकट १२ लाखको हाराहारीमा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry