काठमाडौं : शुक्रबार थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ गरि ९ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ।