‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर !

Logo
सोमबार, जेठ १२, २०७७

नेपालगन्ज – देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् ।

एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरूको भीड नियन्त्रण गर्न प्रहरी खटेका छन्। यसरी खटेका नेपाल प्रहरीसँग राम्रो मास्क नै छैन। डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्रहरीसँग त्यस्तो मास्क छैन।

न त उनीहरूसँग स्यानिटाइजर नै छ। प्रहरी प्रमुख ओली नै प्रहरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन्। ‘ड्यूटीमा खटेका प्रहरी कपडाको मास्क लगाएका हुन्छन्। संक्रमित नै झम्टिन आउँछन्। जोगिएर बस्नुपरेको छ,’ ओली भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी जोखिम नै जोखिममा काम गरिरहेका छन्।’

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry