उदयपुर । उदयपुरमा कोरोना संक्रमित भएका मध्ये आज थप चार जना सहित ३१ जना निको भएर घर फर्किएका छन्।
कोशी कोरोना विशेष अस्पतालबाट विहिबार उदयपुरका पत्रकार सहित ४ जना डिस्चार्ज भएर फर्किए सँगै उदयपुरका कोरोना संक्रमित मध्य निको भएर फर्किनेको संख्या ३१ पुगेको हो।
उदयपुरमा संक्रमित ३३ मध्ये ३१ जना डिस्चार्ज भएका छन भने एक नेपाली जमाती र पछिल्लो चरणमा संक्रमित ४३ वर्षिय महिला अझै कोशी कोरोना विशेष अस्पताल विराटनगरमा उपचाररत रहेका छन् ।
कोरोनाको संक्रमण देखिएर अस्पताल पुर्याइएका ३० जनाको स्वाब परीक्षण गरिएकोमा २७ जनाको रिपोर्टमा नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै विराटनगरस्थित कोभिड अस्पतालबाट कोरोनामुक्त भएर फर्किनेको संख्या ५७ पुगेको छ ।