आज ३२३ कोरोना संक्रमित कहाँ-कहाँ थपिए ?

Logo
मंगलबार, जेठ २७, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा सुनसरीका एक पुरुष र सप्तरीका ६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ । सप्तरीका ६ जनामध्ये एक जना महिला र ५ जना पुरुष रहेका छन् ।

प्रादेशिक प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा चितवनका २४ जना रहेका छन् । उनीहरू ४ जना महिला र २० जना पुरुष रहेका छन् । नवलपुरका ३ जना छन्, उनीहरू २ पुरुष र १ महिला रहेका छन् । धादिङ, कपिलवस्तु र सप्तरीका एक–एक जना महिलामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले पुष्टि गरे ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा म्याग्दीका १ जना, नवलपुरको १२ जना र बागलुङका ११ जना रहेका छन् । उनीहरू २४ जना नै पुरुष रहेका मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा धनुषाका २१ जना रहेका छन् । उनीहरूमा २ जना महिला र १९ जना पुरुष रहेका छन् ।

महोत्तरीका १९ जनाको कोरोना पोजेटिभ आएको छ । जसमा १ जना महिला र १८ जना पुरुष रहेका छन् । सोही प्रयोगशालामा गरिएको परीक्षणमा सर्लाहीका एक जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरू ६ जना नै पुरुष रहेको गौतमले बताए । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये बाँकेका २ जना महिला र ७ जना पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरू एक जना महिला र एक जना पुरुष रहेका छन् ।
प्रादेशिक अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसमध्ये सल्यानमा १२ जना पुरुष र सुर्खेतका दुई महिला र दुई पुरुष रहेका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना देखिएको छ । जसमा दार्चुलाका १० जना पुरुष रहेका छन् ।
सोही प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा २ जना महिला र १७ जना पुरुष रहेका छन् । डडेलधुराका ७ जनामा एक जना महिला र ६ जना पुरुष रहेका छन् भने कैलालीका १ जना पुरुष रहेका छन् ।

यस्तै, प्रादेशिक अस्पताल रुपन्देहीको प्रयोगशालामा गरिएको २२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा रुपन्देहीका २० र कपिलवस्तुका २ जना रहेका छन्, उनीहरू सबै पुरुष रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा २४ जना पुरुष धनुषाका रहेका छन् । कपिलवस्तुका सात जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा चार जना महिला र तीन जना पुरुष रहेका छन् ।

यस्तै, महोत्तरीका ३१ जनामा सात महिला र २४ पुरुष रहेका छन् । नवलपरासी पश्चिमका १२ जना पुरुष, नुवाकोटका २ जना पुरुष, रौतहटका २१ जना पुरुष, सर्लाहीका १६ जना पुरुष र सिरहाका १२ जना पुरुष रहेका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण ७२ जिल्लामा फैलिएको छ । आज संक्रमण देखिएको नयाँ जिल्ला इलाम रहेको छ ।
मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिनेमा २९२ जना पुरुष र ३१ जना महिला रहेको बताए । उनले भने, “पछिल्लो २४ घण्टामा ९६ जना कोरोना निको भएर डिस्चार्ज भएसँगै कुल निको हुने संख्या ५८४ जना पुगेको छ ।”

नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । जसमा ३ हजार ७९८ पुरुष र महिला २८७ जना रहेका छन् । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry