प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार उदयपुरको गाईघाटमा प्रदर्शन भएको छ । गाईघाटको मुख्य बजारमा प्रदर्शन भएको हो । उनीहरूले केपी ओलीलाई हटाउन नहुने, पाँच वर्ष उनैलाई सरकार चलाउन दिनुपर्ने माग गरेका छन् ।
अँध्यारो कोठे बैठक बसेर ओलीलाई हटाउन लागेको भन्दै उनीहरूले आपत्ति प्रकट गरे । करिब १०० को संख्यामा रहेका उनीहरूले जनमतको कदर गर्न समेत आग्रह गरेका छन् ।
प्रदर्शमा सहभागीहरूले ‘देशको मुहार फेर्नु छ साथी पार्टी भन्दा राष्ट्र माथी’, राजनीतिक स्थिरताका लागि ओली सरकारका पक्षमा ऐक्यबद्धता’लगायतका प्लेकार्ड बोकेका थिए।