कतारबाट दोस्राे चरणमा ६ उडान हुने, आज दुई जहाजले उडान गर्दै

Logo
शुक्रबार, साउन ०२, २०७७

दोहा । कोरोना भाइरसको कारण सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट नेपाल र हिमालय एयरलाइन्सका तीन/तीन वटा उडान गर्ने भएको छ ।

दोस्राे चरणको पहिलो उडान आज नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गर्दैछन् भने अर्को उडान जुलाई १८ र २० जुलाई हुने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ । स्वदेश फर्किन तयारी रहेकाहरुले एथेराज अप्प प्रयोग गर्नु पर्ने र सो एप नभए उडान गर्न नसक्ने दूतावासले जनाएको छ ।

यसैगरी रोजगारदाताले भागेको भनेर रिपोर्ट गरेका व्यक्तिहरुले एयरलाइन्सबाट आइटीनरी सहितको हवाई टिकट लिएर सर्च एण्ड फलो अप डिपार्टमेण्टमा आफैं गएर सो हवाई टिकटमा डिपार्टमेण्टको छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने पनि दूतावासले जनाएको छ ।

उडान हुनुभन्दा ४ घण्टा अघि नै विमानस्थल पुगिसक्नु पर्ने दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry