काँग्रेसद्वारा पूर्वसहमहामन्त्री जोशीसहित तीन नेता पार्टीबाट निष्कासित

Logo
आइतबार, साउन ११, २०७७

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निष्कासन गरेको छ । अनुशासन समितिले शनिबार सार्वजनिक गरेको निर्णयअनुसार पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पूर्व सहमहामन्त्री जोशी र कैलालीका काँग्रेस नेता एवम् पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरिएको हाे ।

गोविन्दराज जोशीले गएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिँदा पौडेलले पराजय भोग्नुपरेको थियो । साथै तनहुँ नेपाली काँग्रेस जिल्ला कार्य समितिको समानान्तर अर्को कार्यसमिति गठन गर्ने मुख्य भूमिका पनि जोशी रहेको ठहर अनुशासन समितिले गरेको छ । कुनै बेला कांग्रेसमा निकै शक्तिशाली मानिएका जोशी अहिले पार्टीबाटै निष्कासनमा परेका हुन् ।

उता कैलालीका ओझाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार डा. आरजु राणा देउवालाई हराउन सक्रिय भूमिका खेलेको ठहर गर्दै पार्टीको अनुशासन समितिले कारबाही गरेको हो ।

ओझाले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनका लागि गरेको कुराकानीको अडियो रेकर्डसहित पार्टीमा उजुरी परेको अनुशासन समितिले जनाएको छ । डा. आरजु काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती हुन । ओझा स्थानीय भएकाले बाहिरको उम्मेदवारलाई टिकट दिएको भन्दै आधिकारिक उम्मेदवारलाई हराउन लागेको ठहर समितिको छ । निर्वाचनमा आरजु पनि पराजित भएकी थिइन् ।

यसैगरी, अनुशासन समितिले डडेल्धुरा जिल्ला कार्य समितिका सचिव रामबहादुर विष्टलाई महिला सदस्यलाई कुटपिट गरेको उजुरी परेपछि तीन वर्षका लागि निष्कासन गरेको छ । केन्द्रीय सदस्य भीष्मराज आङदम्बे संयोजक र सदस्यहरू देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरीले संयुक्तरुपमा हस्ताक्षर गरेको निर्णयमा सो कुरा उल्लेख छ । गएको सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवारलाई असहयोग गर्ने २७९ जनालाई निर्वाचनकै क्रममा पार्टीबाट निष्कासन गरिएको जानकारी सदस्य गुरुङले दिए ।

उजुरी परेर स्पष्टीकरण सोधिएका कतिपय व्यक्तिलाई जिल्ला सभापतिहरूले पत्र नै नबुझाएको पाइएपछि ती सभापतिहरूलाई पनि सचेत गराइएको छ । निर्वाचनको क्रममा परेका अन्य व्यक्तिको उजुरीमाथि प्रमाण नपुगेको समितिले ठहर गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry