कोरोनाको संक्रमण समुदायमा पुगेको आसंका संगै उदयपुरका तिन नगरलाई शिल गरिएको छ। उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र आज बेलुका १२ बजे पछि भदौ ७ गते सम्मका लागि शिल गरिएको हो।
जिल्ला बिपत ब्याबस्थापन समितिको हिजो बसेको बैठकले सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र समुदायमा समेत कोरोना संक्रमण फैलन सक्ने खतरालाई ध्यानमा राख्दै जिल्लाका तिन नगरमा (शिल) निषेधाज्ञा जारिगरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।
जिल्लाका तीनै पालिकाका सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागु हुने छ । संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए।
जिल्ला प्रशासन कार्यालयले सुचना जारी गर्दै जिल्लाका तिन नगरमा अत्याबश्यक बाहेक कुनैपनि ब्याक्ति घर बाहिर ननिस्कन आग्रहगरेको छ। निषेधाज्ञाको अबज्ञा गर्दै घर बाहिर निस्केको पाइएमा कारबाही गर्ने चेतवानी समेत सुचनामा उल्लेख गरिएको छ।
यस अघि बाहिर दोस्रो देशबाट आएका नागारिकमा मात्र कोरोनाको संक्रमण देखिएकोमा अहिले बेलाका लगाएत त्रियुगा नगरमा समुदायका मानिसमा समेत कोरोनाको संक्रमण देखिएको छ। मंगलबार मालपोत कार्यालय उदयपुरका थप छ जना सहित ७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ भने यस अघि संक्रमित पुष्टि भएका मालपोतका एक कर्मचारीको परिवारका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कर्मचारीका परिवारको श्रीमती र आमामा कोरोना पोजेटिभ देखिएको हो । उता बेलका नगरपालिकामा पनि सात जनामा मंगलाबारनै कोरोना पुष्टि भएको हो । पछिल्लो समय त्रियुगा र बेलकामा देखिएका कोरोना संक्रमित कुनै दोस्रो देशबाट आएका हैनन्।
उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या तीस महिलासहित एक सय ४ पुगेको छ । त्यसमध्ये त्रियुगा नगरपालिकामा ५९ जना, बेलका नगरपालिकामा ३१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लामा हालसम्म एक हजार पाँच सय ५२ महिलासहित ६ हजार १५ जनाको पिसीआर परीक्षणका लागि स्वाव संकलन गरिएकोमा एक हजार चार सय ५७ महिलासहित पाँच हजार ६ सय १ जनाको रिर्पोट आइसकेको र बाँकी चार सय १४ को आउनेक्रम जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।त्यस्तै ८ सय ८ जनाको आरडिटि टेष्ट गरिसकिएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार हाल १८ जना महिलासहित दुई सय जना क्वारेन्टाइनमा छन् भने १८ महिला सहित चार सय ७२ जना होम क्वारेन्टाईनमा छन् । जिल्लामा सकृय संक्रमितको संख्या हालसम्म १९ जना रहेको छ ।