कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मिलाईनै कोरोनाको संक्रमण बढ्दै

Logo
आइतबार, साउन ३२, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीसँग लड्न सबैभन्दा अग्रभागमा खटिने व्यक्तिहरु स्वास्थ्यकर्मीहरु नै हुन् । संक्रमितहरुको कठिन परिस्थितिमा आशा, भरोसाका केन्द्र पनि स्वास्थ्यकर्मी नै हुन् । अहिले देशभरका विभिन्न अस्पतालमा धमाधम चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको छ। गम्भीर अवस्थामा पुगेका संक्रमित तथा अन्य रोगका जटिल बिरामीको उपचारमै समस्या उत्पन्न हुने अवस्था आउने होकी भन्ने त्रास सिर्जना भएको छ ।

संक्रमण देखिएका स्वास्थ्यकर्मीहरु अनिवार्य आइसोलेसनमा बस्नु पर्ने हुन्छ । उनै स्वास्थ्यकर्मीसँग सम्पर्कमा आएका अन्य स्वाथ्यकर्मी, चिकित्सकहरु तत्काल क्वारेन्टिन बस्नुपर्ने हुँदा स्वत स्वास्थ्य सेवा प्रभावित हुने देखिन्छ ।

यता दिनहु संक्रमितको संख्या बढ्ने तर स्वास्थ्यकर्मीहरु आफै संक्रमणमा पर्दै जाँदा अस्पतालहरु खाली हुँदै जाने सम्भावना देखिन्छ। संकटपूर्ण अवस्थामा स्वास्थ्यकर्मीहरु संक्रमणबाट जोगिएनन् भने जतिनै स्रोत, साधन भएपनि उपचार गर्न कठिन हुन्छ । बिरामीलाई बचाउनका लागि स्वास्थ्यकर्मी जोगिएमात्रै अन्य बिरामीलाई बचाउन सकिन्छ ।

केहि दिनयता कोरोना संक्रमितको संख्या बढेसँगै डाक्टर,नर्स, प्रयोगशालाकर्मी सहित स्वास्थ्य संस्थाका कर्मचारीमा पनि संक्रमण बढिरहेको छ । विशेष गरी संक्रमितको उपचार गरिरहेका अस्पतालका स्वास्थ्यकर्मीहरु बढी संक्रमित भइरहेका छन् । उनीहरुको सम्पर्कमा आएका सोही अस्पतालका अन्य कर्मचारीहरुलाई पनि संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाअनुसार हालसम्म देशभर चिकित्सक, स्टाफ नर्स, प्रयोगशालाकर्मी गरी २ सय १५ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । विभिन्न स्वास्थ्य संस्थाका सवारी चालक, कार्यालय सहयोगीसहित ५५ जना कर्मचारीलाई संक्रमण देखिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले स्वास्थ्यकर्मीहरु समुदाय तथा बिरामी र कार्यक्षेत्रबाट संक्रमणको जोखिममा रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरुले कुनैपनि समय जस्तोसुकै अवस्थामा जुनसुकै बिरामीको उपचार गर्नुपर्ने र सुरुमा बिरामीलाई संक्रमण छ कि छैन भन्ने पनि थाहा भएकाले उनीहरुलाई संक्रमण हुने सम्भावना अत्याधिक रहने उनको भनाई छ।

अधिकारीका अनुसार हाल संक्रमण देखिएका स्वास्थ्यकर्मीहरुमा औषधि पसलमा बस्ने पनि छन् । साथै कन्ट्याक्ट ट्रेसिङका लागि समुदाय, टोलमा जाँदा स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ । अहिलेसम्मको संक्रमितको तथ्यांक हेर्दा धेरैजसो प्रत्यक्ष कोरोनाका बिरामी हेरिरहेका अस्पतालका छन् भने केही कोरोना बाहेकका बिरामी हेरेका स्वास्थ्यकर्मी पनि छन् । कोरोना बाहेकका बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई बिरामीबाटै संक्रमण भएको छ ।

कोरोना बाहेकका बिरामी हेर्ने स्वास्थ्यकमीले जुनसुकै बेला पीपीई लगाएर काम गर्नु व्यवहारिक हिसावले सहज छैन र यसो गर्न पनि सकिदैन । व्यक्तिगत सुरक्षामा निश्चित भौतिक दुरी कायम गर्नु, मास्क लगाउनु, बारम्बार हाल धुनु, चश्मा लगाउनु लगायतका सावधानीका उपाय अपनाउनु पर्ने हुन्छ तर स्वास्थ्यकर्मीका हकमा यी सावधानीका उपाय एकैपटक अपनाउन सकिँदैन जसका कारण उनीहरुमा संक्रमण भइरहेको विज्ञहरु बताउछन् ।

जुनसुकै बेला पीपीई लगाउन नसकिने भएकाले स्वास्थ्यकर्मीहरु मास्क र पञ्जाको भरमा बिरामीहेर्दा डाक्टर, नर्सलाई संक्रमण भएको पाइएको छ जबकी अस्पताल भर्ना भएपछि स्वाब लिदा बिरामीलाई पोजेटिभ देखिन्छ। यस्तै केसका कारण धेरै डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेका छन । संक्रमित स्वास्थ्यकर्मीबाट उनीहरुका घरपरिवार तथा अन्य बिरामीलाई पनि भाइरस सरेको उहाँले बताउनु भयो ।

अहिलेपनि दिर्घरोगी, नियमित औषधि लिइरहेका बिरामी, गर्भवतीहरु फलोअपमा अस्पताल जानैपर्ने भएकाले त्यस्ता बिरामीहरु स्वास्थ्यकर्मीबाट नै जोखिममा पर्ने सम्भावना उच्च देखिएकाले स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्रै काममा खटाउन सबै अस्पताललाई निर्देशन दिइसकेको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका  निर्देशक डा.मंगल रावलले अहिलेको अवस्थामा अस्पताल नै संक्रमणको स्रोत भइरहेको बताउनुभयो । प्रतिष्ठानमा उपचारत बिरामीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण गर्दा  डाक्टरसहितस्वास्थ्यकर्मीलाई संक्रमण भएको जानकारी रावलले दिनुभयो । अस्पतालमा आउने अन्य बिरामीहरुबाट नै स्वास्थ्यकर्मीहरुमा संक्रमण भइरहेको छ त्यसैले अत्यावश्यक अवस्थामा मात्र अस्पताल जान डा. रावलले सर्वसाधरणलाई आग्रह गर्नुभयो ।

कोरोनाको हटस्पट क्षेत्र वीरगञ्जस्थित नारायणी अस्पतालका १० जना डाक्टर तथा ९ नर्ससहित ६९ जना कर्मचारीलाई कोरोना पुष्टि भइसकेको छ । यस अस्पतालले अहिलेसम्म करिब ११ सय संक्रमितको उपचार गरिसकेको छ । पीपीई लगाउँदा लगाउदै स्वास्थ्यकर्मीलाई संक्रमण हुनुले पीपीइको गुणस्तरीयतामा समेत प्रश्न उठेको नारायणी अस्पतालका मेसू डा.मदनकुमार उपाध्यायले बताउनु भयो  । ‘हामीले पीपीईको गुणस्तरीयता मापन गरेका छैनाँै, त्यसैले पीपीई लगाएको भन्दैमा संक्रमण हुँदैन भन्न सकिन्न ।  स्वास्थ्यकर्मीलाई बिरामीसँग पटक–पटक लामो समयसम्म घुलमिल हुनुपर्दा संक्रमण हुनेगरेको उपाध्याय बताउनु हुन्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry