उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय ५ रुपाटारमा शक्तिशाली बम विस्फोट भएको छ । आईतबार विहान १ः१५ बजे गाउँपालिकाको नागरिक सहायक कक्षमा बम विस्फोट भएको हो।
नागरिक सहायता कक्षमा बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए ।
विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिए ।
यस्तै गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएको एसपी दाहालले जानकारी दिए ।
“बम विस्फोट कसले र किन गराएको भन्ने बारे खुल्न सकेको छैन, एसपी दाहालले सोलुसन खबर संग भने, “घटना बारे थप अनुसन्धान भइ रहेको छ।
गाउँपालिकाको आफ्नै कार्यालय नहुँदा हाल महेन्द्र रत्न माध्यमिक विद्यालयको भवन भाडामा लिएर कार्यालय संचालनमा रहेको छ ।