खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण गरेको छ ।
गाउँपालिकाको नगद र संघीय मामिला मन्त्रालयबाट विनियोजित रकममा एउटा सभाकक्षसहित १९ कोठाको भवन निर्माण गरेको हो ।
संघीय सांसद विशाल भट्टराईले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।
नगरपालिकाको आफ्नै भवन नहुँदा वार्षिक करिब १७ लाख रुपैयाँ भाडा तिरेर सेवा सञ्चालन गर्दै आएको थियो ।
भ्याट्सहित ८९ लाख ६३ हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरेको नगरप्रमुख दिपनायण रिजालले जानकारी दिए ।