उदयपुर – नेकपाका अध्यक्ष केपी शर्मा ओलीले थप गरेको ५ सय ५६ केन्द्रीय सदस्यमा उदयपुर बाट ८ जना परेका छन् ।
नेकपा उदयपुरका जिल्ला कमिटि सदस्यका अनुसार प्रदेश १ का सांसद बिमल कार्की, प्रदेश सांसद अम्बिका थापा, दुर्गा थापा, बेद प्रसाद पोखरेल, कला घले, ज्ञानेन्द्र श्रेष्ठ, मणि पौड्यल र शैलेस लामा केन्द्रीय सदस्य भएका हुन ।
यस अलवा नेकपाको ओली समुहमा मन्जु चौधरी पहिले देखिने केन्द्रिय सदस्य थिइन भने प्रचण्ड-नेपाल समुहमा सुरेश राई र बलदेव चौधरी र जगन्नाथ खतिवडा पहिले देखि नै उदयपुरबाट केन्द्रिय सदस्य थिए।