राष्ट्रपति सीको सन्देशसहित काठमाडौं ओर्लियो चिनियाँ कम्युनिष्ट टोली

Logo
आइतबार, पुष १२, २०७७

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गरेको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ।

सो टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। काठमाडौं विमानस्थल उत्रिँदा चिनियाँ टोलीका सदस्यहरुले कोरोनाबाट सुरक्षित रहन पीपीई लगाएर आएका थिए।

काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

नेकपा विभाजनको कारण खोतल्ने र राजनीतिक स्थिरताका सम्भावना खोज्ने उद्देश्यले राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर हतारमा चिनियाँ टोली काठमाडौं उत्रिएको हो।

बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना रहेका छन्।

चिनियाँ टोलीले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेकपाको प्रचण्ड–नेपाल समूहका एक नेताका अनुसार चिनियाँ टोलीले चीनका राष्ट्रपति सी चिनफिङको सन्देश सबै नेताहरूलाई सुनाउने छन्, जुन नेकपा एकीकृत रहोस् र राजनीतिक स्थिरता धरापमा नपरोस् भन्ने हुन सक्ने छ।

नेकपाका नेताहरूसँग चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउने, पार्टी एकताको सम्भावना खोज्न प्रेरित गर्ने र नेकपा विवादको परिस्थिति धेरै अगाडि बढिसकेकाले एकता नभए थप क्षति कसरी रोक्ने भन्ने बिषयमा छलफल हुनसक्ने नेकपाका एक नेताले बताए। ।

यस अघि भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले कात्तिक ५ गते काठमाडौं आएर प्रधानमन्त्री ओलीसँग राती तीन घण्ट वार्ता गरेपछि अहिलेको राजनीतिक परिस्थिति विकास भएको धेरैको टिप्पणी छ।

नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ। गत वर्ष राष्ट्रपति सीको भ्रमणको क्रममा भएका सम्झौता कार्यान्वयन हुन सकेका छैनन्, जसमा नेपाल पक्ष उदासिन देखिएको भन्दै बेइजिङ असन्तुष्ट छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry