नेकपा विभाजन हुनुमा प्रचण्ड दोषी, माधब नेपाललाई पदलोपुता देखाएर लगेको आरोप

सासंद द्वारा अविस्वास मतमा गरेको हस्ताक्षर फिर्ता
Logo
बुधबार, पुष १५, २०७७

उदयपुर । प्रदेश १ प्रदेश सभा सदस्य कला घलेले केहि दिन अघि प्रदेश १ का मुख्यमन्त्रि शेरधन राई बिरूद्द गरीएकाे हस्ताक्षर फिर्ता लिएकाे बताएकी छन।

अाज उदयपुरको सदरमुकाम गाईघाटमा नेकपा उदयपुर अाेलि पक्षले गरेकाे पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य घलेले संघिय संसद बिघटन भए पनि प्रदेश सरकारलाई भने यसको असर पार्न नहुने भन्दै आफुले हस्ताक्षर फिर्ता लिएको बताइन।

” म पनि जनप्रतिनिधि हु ५ बर्षकाे लागि जनताले स्थिर सरकारकाे लागि मतदान दिएका छन्”, उनले भनिन, “त्यसैले जनमतको कदर गर्दै हाल कुनै सरकार गिर्न र गिराउन हुदैन त्यस कारण अविस्वासको प्रस्ताबमा गरेको हस्ताक्षर फिर्ता लिए।” घलेले केहि दिन अघि भिम अाचार्यलाई मुख्यमन्त्रि प्रस्ताव गरिएकाे अविस्वासकाे पत्रमा हस्ताक्षर गरेकी थिइन।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै प्रदेश १ प्रदेश सभा सदस्य बिमल कार्कीले नेकपाको संसदीय दलमा मुख्य मन्त्री शेरधन राई अल्पमतमा देखिए पनि बिस्वासको मत लिएर छाड्ने बताए।

नेकपा विभाजन हुनुमा प्रचण्ड दोषी

नेकपा उदयपुरको ओली पक्षले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा ओली समूहका अध्यक्ष परमेश्वर घिमिरेले अहिले नेकपा विभाजन हुनुमा प्रमुख जिम्वेवार प्रचण्ड रहेको बताए।

उनले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा बोकेर हिडेका प्रधानमन्त्रीलाई सहज रुपमा काम गर्न नदिएर सत्ताको खेलमा लागेर जनमतको अबमुल्यन गर्न खोजेका कारण यो अबस्था आएको उल्लेख गरे।

प्रचण्डले सत्ताको खेलमा लागेर माधब नेपाललाई समेत पदलोपुता देखाएर लगेको र छिट्टै उहाहरु पनि प्रचण्डको नियत बुझेपछि मातृ पार्टीमा फर्किने अध्यक्ष घिमिरेले बिश्वास ब्याक्त गरे।

नेकपा उदयपुर ओली समुहको एक स्वर पूर्व एमालेहरु एक ठाउ हुन पर्छ

पत्रकार सम्मेलनमा बोल्दै अधिकासं बत्ताहरुले प्रचण्डका कारण नेकपा विभाजित भएका कारण प्रचण्ड, उनको प्रचण्डपथ र माओबादलाई मानेर बस्न नसकिने भएका कारण पूर्व एमालेहरु एक ठाउमा हुनु पर्नेमा जोड दिए।

“अहिले देखिदा माधब नेपाल कमरेडहरु प्रचण्डसँग जानु भएको छ भोलिका दिनमा उहाहरु पनि फर्कीने यहि हो”, एक जिल्ला कमिटि सदस्यले भने, उहाहरु अहिले तातो रिसमा हुनुहुन्छ तर चाडै फर्किनु हुन्छ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry