काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले जस्तो काम इतिहासमा कसैले नगरेको जिकिर गरेका छन ।
सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले भूकम्पपछिको पुनर्निर्माण र अन्य विकास निर्माणका आयोजनाको काम तिव्र गतिमा सम्पन्न भइरहेको दाबी गरेका हुन् ।
‘भूकम्पपछिको पुनर्निर्माण र बाढिपहिरो पीडितको लागि हामीले यति तिव्र काम गर्यौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन’, ओलीले भने ।
यस्तै देशमा ठूला विकास निर्माणका काम अघि बढेको तर आफ्नै दलका केहि नेताहरुले देखि नसहेको पनि उनले बताए ।