नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल महिला संघ उदयपुरकाे जिल्ला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सदरमुकाम गाईघाटमा सम्पन्न भएकाे छ ।
जिल्लाका बिभिन्न स्थानहरू बाट सहभागि भएका अगुवा महिलाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको जनता सामु जाने निर्णय स्वागत याेग्य भएकाे कार्यक्रममा सहभागिहरुले जनाएकाे छन ।
पछिल्लाे समय नेकपाकाेे बिवाद केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा स्तर सम्म पुगेपछि नेकपा सस्थापन पक्ष ( अाेलि) समुहले उदयपुरमा केहि दिन यता वडा, पालिका र जिल्ला स्तरमा कमिटि निर्माणका साथै बिभिन्न भेला तथा प्रशिक्षण कार्यक्रमहरू संचालन गर्दै अाएकाे छ ।
भेला र प्रशिक्षणलाई पहिलाे प्राथमिकतामा राखेकाे नेकपा अाेली समुहले मंगलबार जिल्लाका बिभिन्न स्थानहरू बाट सहभागि भएका महिलाहरूलाई प्रशिक्षण गराएकाे हाे ।
प्रशिक्षण कार्यक्रममा जिल्लाका बिभिन्न स्थानहरू बाट १२ सय ५० बढी अनेम संघमा आवद्ध महिलाहरुको उपस्थिति रहेको अनेम संघ उदयपुरले जनाएको छ । भेलामा महिलाहरूकाे सम्मान, महिलाहरूकाे क्षमता अभिबृदि र महिलाहरूलाई ठुल-ठुला पदहरूमा पुर्याउने एक मात्र पाटि नेकपा भएकाे भन्दै सम्पुर्ण महिलाहरूलाई नेकपा सस्थापन पक्षका अाउन समेथ अाग्रह गरिएकाे छ ।
महिला भेलालाई संवाेधन गर्ने अधिकासं नेताहरूले स्थिर सरकारकाे पक्षमा जनता रहेकाे तर स्थिर सरकारकाे बिपक्षमा पाटी भित्रकै शिर्ष नेताहरू देखिएकाे भन्दै त्यस प्रबृतिकाे चर्काे बिराेध गरेका छन ।
पाटीमा बिचार र पदति भन्दा पनि नेताहरू कसरी प्रधानमन्त्री ,मन्त्री र पाटी अध्यक्ष हुने ध्याउन्नमा मात्र लागेकाे कारण बर्तमान अवस्था सृजना भएकाे भन्दै सरकारले घाेषणा गरेकाे चुनावकाे बिकल्प नभएकाे समेत बताईएकाे छ ।
दाहाल–नेपाल समूहले आफ्नै दलका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न र संसदीय दल टुक्राउन खोजेकाले पार्टी फुटकाे अवस्थामा अाएकाे भन्दै पाटी फुटकाे सम्पुर्ण दाेस प्रचण्ड र नेपालले लिनु पर्ने भेलाले निष्कर्स निकालेको छ।
कार्यक्रममा संवाेधन गर्ने क्रममा नेताहरूले उदयपुरका बिभिन्न संचार माध्यमहरूमा नेकपा सस्थापन पक्ष कमजाेर रहेकाे भन्दै समाचार प्रकाशन गरे प्रति अापत्ति जनाउदै दुई तिहाई र तिन तिहाई भएकाहरूले गरेकाे कार्यक्रममा सहभागि भएका जनता र कार्यकर्ताहरूनै त्यसकाे प्रमाण भएको बताए।
महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा उदयपुर सह ईन्चार्ज मन्जु कुमारी चाैधरी, नेकपा केन्द्रिय सदस्यहररू,बिमल कार्कि, नेकपा जिल्ला संयाेजक प्रमेश्वर घिमिरे, सचिव कुशल बाबु बस्नेत, अखिल नेपाल महिला संघ स्थायी कमिटि सदस्य गिता रेग्मि, अखिल नेपाल महिला संघ प्रदेश १ सदस्य तथा कटारी नगरपालिका उप मेयर भिम कुमारी राउत, बेलका नगरपालिका उप मेयर राजकुमारी चाैधरी लगायतले संवाेधन गरेका थिए।
नेकपा केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ स्थायी कमिटि सदस्य अम्बिका थापा प्रमुख अथिति रहेको कार्यक्रमकाे अध्यक्षता अखिल नेता महिला संघ प्रदेश १ प्रदेश कमिटि सदस्य सृजना दनुवारले गरेकी थिइन भने कार्यक्रमको संचालन अखिल नेपाल महिला संघ प्रदेश १ सदस्य महेश्वरी राईले गरेकी थिइन।