उदयपुर । सरकारका उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले पार्टीको असयोगका कारण संसद विघटन गर्नु परेको बताएका छन ।
नेकपा ओली पक्षले बुधबार जिल्लाको व्यापारिक केन्द्र कटारीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न सदरमुकाम गाईघाट आइपुगेका नेता पोखरेलले पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।
संसद विघटनको बिषयमा बोलेका नेता पोखरेलले संसद बिगठन हुनुमा आफ्नै पार्टी प्रमुख कारक रहेको उल्लेख गर्दै यसको दोष आफुले पनि लिएर जनतासंग क्षमा माग्दै नयाँ जनादेशका लागि जाने उल्लेख गरे । संसद विघटन बैधानिक वा अबैधानिक भन्ने बिषयमा प्रबेश नै नगरी विघटन हुनुको प्रमुख कारण आफ्नै पार्टी भएको बताए ।
कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपपत्रनै पार्टी फुट र संसद विघटनको मुख्य कारण रहेको उल्लेख गरे।
“प्रचण्डले बैठकमा पेस गरेको अनैतिक, अलोकतान्त्रिक र संबिधान विरोधी आरोपपत्र नै पार्टी विभाजन र संसद विघटनको मुख्य आधार बन्यो ।” नेता पोखरेलले भने ।
“पार्टीका आफुनिकटका सांसदलाई विशेषअधिवेशनको माग गर्न लगाएर राष्ट्रपतिलाई महाअभियोग लाउने र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखी निकाल्ने प्रचण्ड- माधव नेपाल समूहको योजना थाहा भएरै संसद विघटन गर्नु पर्यो ।” नेता पोखरेलले अगाडी भने ।