काठमाडौं । नेपाली कांग्रेसका भातृसंस्थाहरुले संसद् विघटनविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार कांग्रेसका १३ वटा भातृसंस्थाहरुले देशभर संयुक्त रूपमा प्रदर्शन गर्ने क्रममा उदयपुरको गाईघाट प्रदर्शन गरेका हुन्।
उदयपुरको गाईघाटमा आयोजित प्रदर्शनमा कांग्रेस नेता हिमाल कार्की, प्रमिला राई, बसन्त बस्नेत लगायत सहभागी थिए । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।