त्रियुगा नगरका मेयर चौधरीकै मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्न खोजेको आरोप

Logo
खेमराज दाहाल सोमबार, माघ २६, २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरापलिका ६ नम्बरमा पर्ने सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गर्न खोजेको पाइएको छ । नगरपालिकाको वडा नं ६ र ५ को सिमानामा रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाउने प्रयास गरेको पाइएको हो ।

स्थानीय त्रियुगा खोला नजिक रहेको सार्वजनिक जग्गा त्रियुगा नगरपालिका मेयर बलदेब चौधरीको मिलेमतोमा ब्याक्तिको नाममा दर्ता गराउने पहल भए पछि स्थानिय सर्व साधारणको बिरोध पछि सो कुरा बाहिर आएको हो।

त्रियुगा नदीले छाडेको उक्त सार्वजनिक जग्गामा २ सय घर भन्दा बढी किसानले उपभोग गर्दै आएको सो सार्वजनिक जग्गालाई एक ब्याक्तिको नाममा दर्ता गर्न नगरपालिकाले अमिन समेत खटाएको छ।

अमिन गएर सो जग्गा नाप जाप गर्दा सो जग्गा बर्षौ देखि भोग चलन गर्दै आएका स्थानीय आक्रोशित बनेका छन्। त्रियुगा नगरपालिका ६ मा पर्ने कित्ता नं २ सय ६६ नम्बरको जग्गाको बि.सं २०२९ सालमा तिरो तिरेको रसिद आफुसँग सुरक्षित रहेको हुदा सो जग्गा आफ्नो भएको स्थानीय गङ्गा राम चौधरीले बताएका छन्।

२०२९ सालमा सरकारलाई पुरै कित्ताको तिरो बुझाएका चौधरीले उक्त जग्गा सबै आफ्नो नभएको तर त्यस कित्तामा आफ्नो ५ बिगाहा जग्गा रहेको बताएका छन्। उनले २०२९ सालमा पुरै कित्ताको सरकारलाई तिरो तिरेका भए पनि उनले दावी गरेको जग्गा उक्त कित्तामा जग्गा कहाँ छ भन्ने समेत उनि आफैलाई थाहा छैन।

२ सय ६६ नम्बर कित्तामा रहेको जग्गामा त्यहाका स्थानीय किसान हरुले ५० औ बर्ष देखि खेति गर्दै आएका छन्। ति २०० घर किसान हरुलाई नै उठिबास लागाउने तरिकाले नगरपालिकाका मेयर बलदेब चौधरीको समेत मिले भगतमा स्थानीय अर्का चौधरीको नाममा उक्त जग्गा दर्ता गर्न लागिएको सो जग्गा बर्षौ देखि उपभोग गर्दै आएका नन्दन कुमार चौधरीले सोलुसन खबरलाई बताए।

वडाका जनप्रतिनिधिलाई समेत जानकारी नगराई मेयर चौधरी र गङ्गारामको मिलेमतोमा जग्गा गंगारामको नाममा सबै जग्गा दर्ता गराउन लागेको अर्का स्थानीय सत्रुहन शाहले बताए।

“यहाँको जग्गा उपभोग गर्दै आएका हामी किसानलाई जानकारी नै नदिइ मेयर साबले मिलेमतोमा एक ब्याक्तिको नाममा जग्गा गर्न लाग्नु भएको छ”, स्थानीय शाहले भने, “गङ्गाराम जीले तिरो तिर्नु भएको भए कहाँको जग्गाको तिरो तिर्नु भयो कति जग्गाको तिरो तिर्नु भयो ल्याउनुहोस हामीले पनि यस जग्गाको तिरो तिरेका छौ।”

२ सय ६६ नम्बर कित्ताको जग्गामा अहिले सम्म कुनै पनि कित्ता काट भएको नभए पनि २ सय घर बढी किसान हरुले उपभोग गर्दै आएको स्थानीय सद्रुल मिया बताउछन । स्थानीय ८५ बर्षिय बनाहू चौधरी आफुले जाने देखी सो स्थानको जग्गा भोग चलन गर्दै आएको बताउछन।

अहिले सम्म जग्गामा उपभोग समेत नगरेका गंगाराम एकाएक उक्त जग्गाको तिरो तिरेको र जग्गा आफ्नो हुनु पर्ने दावी गर्दै आएर नगरपालिका बाट अमिन समेत आएर नापजाप गर्न लागे पछि आफ्नो जग्गा समेत मेयर चौधरी र गङ्गाराम मिलेर हडपेर आफ्नो नाममा दर्ता गर्न लागे पछि उपभोक्ताहरु त्रसित बनेका छन्।

जग्गा नापजाप गर्न गएका अमीनी भने गङ्गारामको जग्गा कहाँ कति भन्दा पनि २ सय ६६ नम्बरको उक्त कित्ता छुट्याउन आफुहरु आएको र गंगारामले बोलाएकै ले गएको बताएका छन्।

यो त् बाहिर देखिएको घटना हो । यस बाहेकका थुप्रै सार्वजनिक तथा सरकारी जग्गामा भुमाफीयाले नजर गाडेका छन्। मालपोतकै कर्मचारी र राजनीतिक दलका नेताकै आडभरोसामा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भइरहहेको जानकारहरु बताउँछन। तर त्यसलाई रोक्ने तर्फ कुनैपनि सरकारी निकायले चासो दिएको देखिदैन। सरकारी जग्गामा बाल उद्यान केन्द्रका नाममा होटल खोल्ने, व्यवसायिक संघसस्थाहरुको नाममा जग्गा लिने र ठूला संरचना बनाएर त्यसलाई व्यापारिक प्रयोजनमा लगाएर नाफा आर्जन गर्ने क्रम पनि बढीरहेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry