उदयपुर । ताल डान्स हाउस उदयपुरको आयोजनामा ‘मिस उदयपुर २०२१’ हुने भएको छ । आज उदयपुरको सदरमुकाम गाइघाटमा रहेको होटल ग्राभिटीमा पत्रकार सम्मेलन गर्दै आयोजकले ‘मिस उदयपुर २०२१’ हुने पक्का भएको बताएका हुन ।
उदयपुरमा लुकेर रहेका प्रतिभा हरुलाई बाहिर ल्याउने उदेश्यका साथ सुरु भएको ‘मिस उदयपुर’ प्रतियोगितको यो दोस्रो सिजन हो । नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र कला संस्कृतिप्रति बर्तमान यूवा पुस्तालाई आकर्षण गराउन, आत्मविस्वास, समाज र देशप्रति उतरदायी बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
वाईवाई चाउचाउले मुख्य प्रायोजन गरेको यस प्रतियोगिताको अहिले अडिसन चलीरहेको ताल डान्सहाउसका निर्देशक मिथुन ठाकुरले जानकारी दिए ।
प्रतियोगितामा १६ बर्ष देखि २४ वर्ष उमेर ननाघेका ,प्लस टु पुरा भएको र उचाई ५ फिट हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीहरुले २१ दिनको बन्द प्रशिक्षणमा सामेल हुनु पर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम ग्राण्डफिनाले चैत २१ गते शनिबार एक भब्य कार्यक्रमका बीच सम्पन्न गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम बिजेताले नगद रु, २५ हजार सहित बिबिएस स्नातक सम्मका लागि छात्रबृत्ति, एयरहोस्टेस सम्बन्धी निशुल्क तालिम, ५ लाख सम्मको टर्म लाइफ इन्स्योरेन्स, फोटोसुट, म्यूजिक भिडियो लगायतको सुबिधा पाउनेछन् ।
कार्यक्रममा ‘मिस उदयपुर २०२०’ कि बिजेता श्रद्धा भट्टराईले उदयपुरमा यस्तो कार्यक्रमले निरन्तरता पाउनु निकै खुसीको कुरा भएको बताइन । ‘मिस उदयपुर’ प्रतियोगिता सिर्प सुन्दरताको मात्र नभएर प्रतियोगितामा सहभागी सबैले आफ्नो ब्याक्तिगत क्षमता अभिबृद्धी गर्ने सुनौलो अबसर हुने बिश्वास ब्याक्त गरिन ।
उनले भनिन, “हरेक प्रतियोगिताको टाइटल जित्ने एक नै हो, तर प्रतियोगितामा भाग लिएर आफ्नो ब्याक्तिगत स्किल बढाउने यो राम्रो प्लेट फर्म हो ।”