आयोगलाई अनिर्णयको बन्दि नबनाऊ : पाँच पूर्व प्रमुख निर्वाचन आयुक्त

Logo
बिहिबार, फाल्गुण २०, २०७७

काठमाडौं । निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तहरूले निर्वाचन आयोगलाई आफ्नो शाखको ख्याल गर्न आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव, दोलखबहादुर गुरुङले विज्ञप्ति जारी गरेर आयोगलाई यस्तो आग्रह गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गरेर राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनेर आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएको प्रश्‍नहरूले गम्भीर बनाएको समेत उनीहरूले बताएका छन् ।

“आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्ता तथा आयोगको आफ्नो शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजिरहरूका आधारमा समेन यस विषयमा उपर्युक्त निर्णय यथाशीघ्र दिन आयोगसमक्ष आग्रह गर्दछौँ,” । बुधबार पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तद्वारा जारी संयुक्त विज्ञप्तिमा थप भनिएको छ, “राजनीतिक दलको विवाद निरूपणमा ढिलाइ गरेको भनि निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरूले हामीलाई गम्भीर बनाएको छ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry