नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता पछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सर्बोच्चले खारेज गरे पछि पुर्ववत रूपमा फर्किएका नेकपा एमाले र माओवादी केन्द्र आफ्नो-आफ्नो पार्टी गतिविधिमा लागेका छ्न ।
पुर्ववत रूपमा फर्केका पार्टी मध्य माओवादी केन्द्रमा खासै तितो पिरो नदेखिए पनि नेकपा एमालेमा भने शक्ति संघर्ष शुरु भएको छ । माओवादी खेमा सँग मिलेर ओलिको पछिल्लो कदमको बिरोध गरेका एमालेका खनाल-नेपाल पक्षका नेताहरुलाई ओलिपक्षका नेताहरुले दोस्रो दर्जाको रूपमा हेर्ने गरेका छन ।
स्थानीय तह देखी केन्द्रीय तह सम्म नेपाल-खनाल पक्षका नेताहरुलाई ओलि पक्षका नेताहरुले ओल्च्याएर अभिव्यक्ति दिने गरेका छन । केन्द्र देखी स्थानीय तहसम्म दुईभागमा विभाजित भएको नेकपा एमालेको असर उदयपुर जिल्लामा समेत परेको देखिएको छ ।
नेकपा एमाले ओलि समुहका नेताहरुले नेपाल-खनाल समुहका नेताहरुलाई लक्षित गर्दै विभिन्न टिक्का टिप्पणी गरेका छन । प्रदेश एकका संसद तथा ओलि समुहले मनोनीत गरेका केन्द्रीय सदस्य बिमल कार्कीले नेपाल खनाल समुहका नेतालाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा फेरि पनि लड्ने रे कम्रेड अब लड्यो भने त डङ्र्याङ्ग डुङ्रुङ्ग खोलामा होइएला भनेका छ्न ।
यस्तै दुई पार्टी मिलेर बनेको नेकपाको जिल्ला कमिटी सदस्य रहेका खगेन्द्र पोखरेलले कडा चुनौती दिदै झाक्री लाई उफारेर नपुगेको लड्डु बहादुर हरु एमालेमा आन्दोलन गर्ने रे भन्दै यस्ता दुषित गतिविधि नगर्न चेतावनी दिएका छन । “एमाले पार्टीमा आउने हो भने मुखमा टेप बाँधेर आउनु स्वागत छ ।” पोखरेलले भनेका छन ।
यता नेकपा एमाले जिल्ला कमिटीका सदस्य बिपिन आचार्यले सामाजिक सञ्जाल फेसबुकमै हुटिट्याउले मात्र सागर थाम्ने भए गरिखाउ भन्दै ओलि समुहलाई कटाक्ष गरेका छन । नेकपा एमालेका केन्द्रिय सदस्य तथा उदयपुरे नेता जगन्नाथ खतिवडाले ओलिलाई अध्यक्ष समेत नभनी केपी ओलि गुटको दुष्ट सपना पूरा हुन नदिने बताएका छन ।
पुर्वएमालेका अध्यक्ष इश्वरमणि राउतले केन्द्रमा अध्यक्ष ओलि निर्वाचित भए जस्तै आफुहरुपनी निर्वाचित भएको हुदा नेकपा हुदा भएको समीकरण अहिले सकिएर नेकपा ब्युती सकेपछि पहिलेकै एमालेको हैसियतमा सबै रहनु पर्ने बताए । उनले भने, “अध्यक्ष ओली जसरी केन्द्रको अध्यक्ष बन्नु भयो म पनि एमालेबाट त्यसैगरी निर्बाचित जिल्लाको अध्यक्ष हु, केन्द्रको अध्यक्षमा चाहिँ ओली रही रहने जिल्लाको हकमा चाहिँ त्यो लागु नहुने यस्तो पनि हुन्छ यो स्वच्छाचारी कदम हो यो मान्य हुदैन।”
हालको नेकपा एमालेको अध्यक्ष रहेका प्रमेश घिमिरेले सातौ महाधिवेशन बाट आएका प्रतिनिधिहरुको समयावधि सकिसकेको हुनाले अहिले भएको संरचनालाईनै स्विकारेर जानू पर्नेमा जोड दिए ।
“एमालेका केही साथिहरुले पार्टीको शिद्धान्त ‘जनताको बहुदलीय जनबाद’ विपरीत जानुभयो, कसैले त्यही शिद्धान्तलाई स्विकारेर आउनु भएको छ,” सोलुसन खबर सँग कुरा गर्दै अध्यक्ष घिमिरेले भने, “पार्टीको शिद्धान्त स्विकारेर आएका हरुलाई पनि समेट्दा पार्टीका साथिकोहरुको भुमिका, जिम्वेवारी परिवर्तन भएको हो, कसैलाई कार्वाही गरिएको छैन, उहाँहरु सम्मान पुर्वक आउने अपेक्षा छ र स्वागत छ ।”
नेकपा एमालेको ओलि समुहले बैठक बस्दै नेपाल समुहका विभिन्न पदाधिकारीहरुको जिम्मेवारी खोस्दै आफ्ना पक्षीय नेताहरुलाई जिम्मेवारी दिएको छ । जस्ले नेकपा एमाले समेत फुटको अबस्थामा देखिएको संकेत देखिएको छ । एमालेका अध्यक्ष बामदेब गौतमले ओलि सँग एकै ठाउँ बस्न नसकिने बताई सकेका छन ।