उदयपुर । त्रियुगा नगरपालिकामा जारी पहिलाे त्रियुगा खेलकुद महाेत्सव आज समापन भएको छ। त्रियुगा नगरपालिकाको संयोजन र नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा बिभिन्न ८ विद्यामा खेल खेलाउँदै खेलकुद महोत्सव आज समापन भएको हो ।
खेलकुद महोत्सवको सोमबार अन्तिम दिन फुटवल तर्फको फाइनल खेल थारुहट रंगशालामा गर्दै महोत्सबमा सबै विद्याका खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ ।
आज साेमवार भएकाे २१ औँ स्व लालसेर राई स्मृति मेयर गोल्ड कप फुटवल तर्फको उपाधी त्रियुगा नगरपालिका वडा नं १० ले जितेको छ । उदयपुर थरुहट रगशालामा भएकाे निकै प्रतिस्पर्धात्मक खेलमा त्रियुगा नगरपालिका वडा नं ८ लाई १–० ले हराउँदै वडा नम्बर १० न ले उपाधि जितेकाे हाे । खेलकाे अन्तिम समयमा वडा नम्बर १० का जर्सि नं १० का समिरराज राउतले गरेकाे एक मात्र गाेलले वडा नम्बर १० बिजयी भएकाे हाे ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे महाेत्सवले स्थानिय खेलाडीहरुकाे क्षमता बृदी र विकासमा समेत टेवा पुगेकाे युगा नगर युवा तथा खेलकुद बिकास समिति अध्यक्ष प्रदिप श्रेष्ठले बताए ।
खेलकुद महोत्सवमा फुटवल, भलिवल, किक्रेट, साइकिलिङ्ग, बक्सिङ् , कराते , तेक्वान्दो बिभिन्न ८ वटा विधामा ८ सय बढी खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।