उदयपुरमा लकडाउनको कडाई सिर्प सर्वसाधारण र श्रमजिविलाई मात्र

Logo
खेमराज दाहाल सोमबार, जेठ २४, २०७८

उदयपुर । कोरोनाको दोस्रो लहर संगै जेठको पहिलो हप्ताबाट सुरु भएको लकडाउनले सबै भन्दा बढी दैनिक ज्यालामजदुरी गरि खाने र श्रमजीविहरुलाई असर र प्रभाव पारेको छ। विकासे काम देखि सम्पूर्ण पेसा ब्याबसाया ठप्प हुदा श्रमजीवि र दैनिक ज्यालामजदुरी गरि खानेहरुको दैनिकी धान्न धौ-धौ परिरहेको छ।

लकडाउनका सुरुका समयमा निश्चित समयाबधि तोकेर पसल ब्याबसायिलाई ब्याबसाय गर्न छुट दिइयो। तर श्रमगरि खाने र दैनिक ज्यालामजदुरी गरि खाने हरुकालागि न समय थियो न काम ।

लकडाउन पछि श्रमजिवी र दैनिक ज्यालामजदुरी गरि खानेहरुले घरबाट निक्लिन समेत प्रहरी र प्रशासनले रोक्यो । तर तिनै श्रमिकहरुको पसिना खाने ठुला ठालु भने बजार घुमी रहे । न उनिहरुलाई प्रहरी प्रशासनले रोक्यो न त बजार नै बन्द भयो ।

तीन हप्ताको लगातार लकडाउन पछि सदरमुकाम गाइघाटका बैंक तथा बित्तिय संस्था जेठ २२ गते आइतबार खुले । लामो समयपछि खुलेका बैंक तथा बित्तीय संस्थामा सेवाग्राहीको भिड थेगी नसक्नु थियो । भिडभाड नगर्नु भनेर कोरोना नियन्त्रणका लागि सरकारले बनाएको मापदण्ड कहि पूरा भएको थिएन । बैंकहरुको खुल्ला गर्दा देखिएको भिडले सरकारले गरेको लकडाउनलाई गिज्याइ रहेको थियो ।

कोरोना नियन्त्रण गर्न भन्दै गरिएको लकडाउनले कोरोना नियन्त्रण त गर्न सकेन तर लकडाउनले तिनै सर्वसाधारण र मजदुर हरुको ढाड सेकाउने महङ्गी भने थप्यो ।

२२ गते खुलेका बैंक तथा बित्तीय संस्थामा देखिएको भिडले कोरोना नियन्त्रणमा चुनौती थपिएको भन्दै उदयपुरका केही सरोकार वाला हरुले बिरोध गरे । लकडाउन गर्दा समेत कोरोना नियन्त्रण प्रभावकारी नभएको बेला यस्ता भिडभाड हुने निकाय खुला गर्दा कोरोना फैलिन सक्ने भन्दै सरकारले लकडाउन आफ्नो सुबिधाका लागि मात्र गरेको उनिहरुले टिप्पणी गरे ।

विभिन्न सरोकारवाला हरुको बिरोध पछी २३ गते प्रशासनले कडाई गर्ने नाममा फफेरि तिनै मजदुर हरुलाई बाटो बाटोमै रोक्यो । कतै जान हिड्न निक्लिन प्रतिबन्ध भन्दै दिन भर कमाएर ल्याउला भनेर निस्केका मजदुरलाई बाटोमा तातो घाममा सेकायो । घरमा बाबू वा आमाले दिनमा कमाएर ल्याउला र खाउला भनेर बसेका ती कलिला बालक बेलुका भोकै सुत्न बाध्य भए ।

लकडाउनलाई नै कोरोना नियन्त्रण गर्ने मुख्य हतियार बनाएको सरकारी संयन्त्रले लकडाउन कस्का लागि र कसरी गर्ने भन्ने नबुझ्दा श्रमिक र ज्यालामजदुरी गरि खानेहरु भने धेरै प्रभावित हुन परेको देखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry