ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने भन्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा बेलका नगरपालिकाले राजनीतिकर्मी लगायतका व्यक्तिले लाउन पाउने मापदण्ड बनाएको छ।
जेष्ठ २३ गते कोभिड खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईको संयोजकत्वमा बसेको बैठकले जेष्ठ २५ गतेबाट ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई पहिलो मात्रा लगाउने बैठकको निर्णयमा छ । बैठकले लक्षित वर्गलाई मात्र खोप लगाउन व्यवस्था गर्ने गराउने र सो कार्यको प्रभावकारी अनुगमन कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिबाट गर्ने निर्णय गरेको छ ।
६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाईमात्र खोपे लगाउने निर्णय पछि ति उमेर समुहका मात्र नागरिकलाई खोप लागाउदा खोप लगाउन आउने जेष्ठ नागरिक नपुगेकाले ६० वर्ष भन्दा माथि उमेर समुहका सबै नागरिकलाई पहिलो चरणको खोप लाउने निर्णय गरेको थियो।
सोहि निर्णय बमोजिम जिल्लाका सबै पालिकाले ६० बर्ष माथिका जेष्ठ नागारिकलाई मात्र खोप लगाउने मापदण्ड बनाए। यस अघि छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार लगायतलाई पनि यस पटक नपाउने गरि सिर्प जेष्ठ नागरिकले मात्र पाउने भनिए पनि बेलाका नगरपालिकाले भने पहुचवालालाई फाइदा पुग्ने गरि मापदण्ड बनाएको छ।
बेलका नगरपालिकाका मेयर दुर्गा थापा (स्वस्तिक) ले सबै वडा वडामा पत्रचार गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने, राजनीतिकर्मी मध्य राष्ट्रिय मान्यता प्राप्त दलका १०÷१० जना र स्थानीय दलका ३ जनाका दरले खोप लगाउन आव्हान गरेका छन्।
स्वास्थ्यकर्मी, सरसफाईकर्मी, निजामति कर्मचारी, नेपाल प्रहरी, पत्रकार जो सुकै र जस्तो सुकै भएपनि यस पटक जेष्ठ नागरिकलाई मात्र खोप हान्ने निर्देशिका भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए।
“जेष्ठ नागरिक भन्दा अरुलाई हाम्रो निर्देशिकाले खोप हान्न अनुमति दिएको छैन”, उनले भने, “कसले कसरी लगाए, लगाउने र निर्देशन दिने आफैले जानुन् ।”
यस्तै प्रमुख जिल्ला अधिकारी तुलसी राम सेढाईले यस पटक जो जो छुटेका भएपनि पहिले जेष्ट नागरिकलाई मात्र लगाउन भनेको जानकारी दिए।