कटारी नगरपालिकालाई टुक्र्याउने सहमतिमा मेयर उपमेयर देखि सबै एकजुट

Logo
बिहिबार, आषाढ १०, २०७८

उदयपुर । उदयपुरको कटारी नगरपालिकालाई फुटाउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास भएको छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वटा वडाका स्थानीयहरुले छुट्टै गाउँपालिकाका बनाउन माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएका थिए।

कटारी नगरपालिकाबाट अलग हुनका लागि बनाइएको गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बर बहादुर मगर हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भिमकुमारी राउतलाई बुझाईएको थियो ।

कटारी नगरपालिकामा रहेका १४ वटा वडा माध्येबाट वडा नं. ९, १०, ११, १३ र १४ लाई टुक्राएर छुट्टै गाउँपालिका बनाउन नगर कार्यपालिकाको बैठकले समेत स्वीकृत गरेको कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए।

भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नगरपालिकाले चाहेर पनि विकास निर्माण तथा सेवा सुविधामा नागरिकलाई सहज गर्न असमर्थ भएका कारण जनताको मागलाई सम्बोधन गरि कार्यपालिकाको बैठकले अनुमोदन गरेर सम्बन्धित निकायमा पठाउने निर्णय गरेको मेयर श्रेष्ठले बताए।

मेयर श्रेष्ठका अनुसार छुट्टै गाउँपालिका बनाउने प्रस्ताव कटारी नगरपालिकाको नगर कार्यपालिकाले स्वीकृत गर्दै नगर सभामा पेश गर्ने छ । माथिल्लो भेगका पाँच वटा वडाको प्रस्तावलाई नगर सभाले अनुमोदन गरेर जिल्ला समन्वय समिति, प्रदेश हुँदै केन्द्र पठाउन नागारपालिकाले सहजीकरण गरिदिने मेयर श्रेष्ठले बताए।

नगरबाट वितरण गरिने विभिन्न सेवा सुविधाहरु भौगोलिक विकटता, दिर्घकालिन र स्थायी पूर्वधारको अभावका साथै दुरीको हिसाबले नगरपालिकाको माथिल्लो भुगोलका नगरवासीहरुले सुविधाहरुलाई सहज रुपमा प्राप्त गर्न कठिन रहेको कुरालाई मध्ये नजर गर्दै तेहाको समस्या त्यहि बाट समाधान हुने हुने गरि अलग पालिका बनाएर जाने सोच बनाएको कटारी नगरपालिका ९ नं वडा अध्यक्ष टेक बहादुर आलेले बताए। .

माथिल्लो पाँच वटा वडाहरुलाई छुट्टै गाउँपालिका निर्माण गर्दा करिव १२५ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा करिब १८ हजार ५८६ जनसंख्यालाई सेवा सुविधाको सहजतामा पहुँच पुग्ने भएकोले नगरलाई टुक्राउने सहमति भएको अध्यक्ष आलेले उल्लेख गरे ।

गाउँपालिका माग सहजिकरण समितिले दिएको ज्ञापन पत्रमा कटारी नगरपालिकालाई पनि नगरपालिका रहिरहनका लागि कुनै असर नपुग्ने भएकोले गाउँपालिकाको निर्माणको मापडण्डको आधारमा भुगोल, जनसंख्या र भौतिक पूर्वाधारहरु पनि पुग्ने भएकोले संविधानको धारा २९५ को विभिन्न दफाहरुमा समेत सो कुरा उल्लेख भए अनुसार गाउँपालिका निर्माण गर्ने सकिने व्यस्था रहेकोले पाँच वटा वडालाई नगरपालिकाबाट छुटिएर गाउँपालिकामा प्रस्ताव गर्न माग गरेको छ । पत्रमा पाँच वडाहरुलाई छुट्टै गाउँपालिका निर्माणको लागि नगर सभाले सर्वसहमतबाट निर्णय गरि सम्बन्धित निकायमा सिफारिस गरिदिन आग्रह गर्दैै आवश्यक कागजात सहित पत्र बुझाईएको समितिले जनाएको छ ।-

उक्त वडाहरुलाई छुट्टै गाउँपालिका निर्माणका लागि राज्य पुर्नसंरचनाका समयमा पनि आन्दोलन गरेको स्मरण गराउँदै वडा नम्बर ११ का वडाध्यक्ष दिपक बुढाक्षेत्रीले छुट्टै गाउँपालिका अति आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry