चौदण्डीगढीमा भोलिबाट निषेधाज्ञालाई थप कडाई बनाइदै

Logo
बिहिबार, आषाढ १०, २०७८

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकामा कोरोना संक्रमितको संख्या तीव्ररुपमा बढ्न थालेपछी भोलि (शुक्रबार) बाट निषेधाज्ञालाई थप कडाई गरिने निर्णय भएको छ । नगरपालिकामा आज बिहान नगर प्रमुख खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकबाट निषेधाज्ञालाई कडाई गरिने निर्णय भएको हो ।

चौदण्डीगढीमा हिजो मात्रै ३९ जनामा संक्राण पुष्टि भएको थियो, भने आज ७ जनाको परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका उपसंयोजक तेजबहादुर पोखरेलले बताएको छ । नगरमा दैनिक एन्टिजेन्ट परीक्षण गर्दा पनि संक्रमितको संख्यामा कमि नआएपछि आज सर्वदलीय छलछल राखिएको थियो ।

उक्त छलफलबाट भोलिदेखि बिना काममा निषेधाज्ञा उल्लंघन गरेको वा घुम्फिर गरिरहेको भेटिएमा, नगद जरिमाना गर्नेसमेत निर्णय भएको छ । पसल कलकारखाना लगायतलाई हप्तादिन ठप्प पारीने गरी प्रहरी प्रशासन, नगर प्रहरीलाई प्रत्येक वडामा परिचालित गरिनेछ ।

त्यस्तै वडाध्यक्षको नेतृत्वमा वडासदस्यहरु, मातहतका टोलसुधार समितिका सदस्यहरु, सामाजिक अभियन्ताहरु, राजनीतिक दलका प्रतिनिधिहरुसंगको सहकार्यमा उक्त निर्णयलाई कडाईकासाथ लागू गर्न निर्णय भएको नगर प्रमुख राईले जानकारी दिए । जिल्लाका सदरमुकाम गाईघाट सहित अन्य स्थानमा भने निषेधाज्ञा पूर्ण खुकुलो पारिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry