देशको माउपार्टी नेपाली कांग्रेस आफ्नो १४ औं महाधिवेशनको संनिकट छ । देशकै लोकतन्त्र खतराको स्थितिमा पुगेको बेला आफ्नो लोकतान्त्रिक पद्धतिलाई स्थापित गराउन लागेको कांग्रेसको भावी नेतृत्वले नै देशको लोकतन्त्रलाई कता लैजाने भन्ने कुरामा धेरै निर्भर रहन्छ ।
भिमकाय बहुमत सहित देशको नेतृत्व गर्ने मौका पाएको कम्युनिस्ट सरकारकै कारण अहिले देशको लोकतन्त्र र संविधान माथी पटक-पटक प्रहार भएको छ । दशकौं बर्ष पछिको सँघर्षबाट जनताका प्रतिनिधिबाट बनेको संबिधानलाई कार्यन्वयन गर्दै समृद्ध मुलुक निर्माणको अविभारा लिएर आएको कम्युनिस्ट सरकारले समृद्ध मुलुक बनाउने कुरालाई मजाकमा उडायो । मुलुकको संविधानलाई कार्यन्वयन गर्नुको सट्टा त्यसैलाई पटक-पटक अप्ठ्यारोमा पार्यो ।
देशको लोकतन्त्र र संबिधान माथी कम्युनिस्ट हरुले गरेको यो प्रहार रोक्न र देशको लोकतन्त्र, संबिधानलाई बचाउने अविभारा बोकेको कांग्रेस आफै अहिले लोकतन्त्रको परिक्षामा उभिएको छ । आन्तरिक लोकतन्त्रमा कमजोर देखिएको कांग्रेसले देशको लोकतन्त्रलाई कसरी बचाउला भन्ने प्रश्न देशब्यापी रुपमा छाएको छ । कम्युनिस्ट सरकारले संबिधान बिरोधि कदम चाल्दै देशको लोकतन्त्रलाई नै कु गर्दा कांग्रेसको नेतृत्व मौन बस्यो । तर नेतृत्व मौन बसे पनि जिल्लाको नेतृत्व गर्दै आएका कांग्रेस नेताहरुले देशब्यापी रुपमा बिरोध गरे । फलस्वरूप सरकारको संबिधान र लोकतन्त्र बिरोधि गतिविधिलाई सर्बोच्चले रोकि दियो ।
यसरी देशको लोकतन्त्र र संविधान माथी प्रहार हुदा त्यसलाई सच्याउन अहम भुमिका खेल्ने कांग्रेसको जिल्ला तहमा आउने नेतृत्व पनि सवल, सक्षम र नेतृत्वदायी भुमिका खेल्न सक्ने ब्याक्ती हुन पर्दछ । देशको दर्विलो ईतिहास बोकेको उदयपुर जिल्लामा कांग्रेसको नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । कम्युनिस्टहरुको बढ्ता बर्शच्व देखिएको उदयपुर जिल्लामा सिङ्गो देशलाई नेतृत्व दिन सक्ने सक्षम नेतृत्वको खाँचो परेको छ । कम्युनिस्टहरुबाट पटक-पटक संबिधान र अहिलेको राज्यब्याबस्था माथी भएका प्रहारलाई जोगाउन मात्र हैन राजाबादी शक्तिहरु समेत हावी हुनसक्ने जिल्लाको सभापति साँच्चिकै सबल, सक्षम र क्रियाशिल हुनपर्छ । त्यस्तो नेतृत्व उदयपुर कांग्रेस सँग छ छैन भन्ने बिषयमा यस लेखमा चर्चा गरिने छ ।
उदयपुर कांग्रेसको इतिहास
राजनीतिमा इतिहासलाई हेरेर बर्तमानको समीक्षा गरिन्छ भने भविस्यको बाटो कोरिन्छ । त्यसैले उदयपुर कांग्रेसको इतिहासलाई पहिले हेर्ने प्रयास गरौ । देशमा नेपाली कांग्रेसको स्थापना सँगै उदयपुरमा पनि उदयपुर कांग्रेस स्थापना भयो । जस्को नेतृत्व उदयपुर डुम्रेका मोहन सिंह ग्रान्जा मगरले गरे । २००७ सालमा उदयपुर कांग्रेसको पहिलो ऐतिहासिक संस्थापक सभापति हुने अवसर पाएका मगरले जिल्ला भरी कांग्रेसको राम्रो छवि बनाए । २०१४ सालमा दोस्रो सभापतिको रुपमा अम्बेवर सिंह बस्नेत उदयपुर कांग्रेसको नेतृत्वमा आए । पहिलो सभापति मगरले जिल्ला भरी गरेको साँगाठानिक बिस्तारलाई अझ मजबुत बनाउदै लगेर २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा आफू सहित पार्टीलाई जिताउदै उदयपुरको पहिलो माननीय बने ।
आफ्नो कार्यकाल सकिन नपाउदै राजा महेन्द्रले ‘कु’ गरेर निर्दलिय पञ्चायती ब्याबस्था कायम गरे । राजाले देशमा निर्दलिय ब्याबस्था गरे पनि सुषुप्त रुपमा नेपाली कांग्रेस आफ्नो सांगठनिक रुपमा चलाएमान थियो । २०३४ सालमा उदयपुर कांग्रेसको तेस्रो सभापतिका रुपमा जिवराज ढुंगाना आए । ढुंगानाले पनि पार्टीलाई क्रियाशिल बनाउदै सांगठनिक बिस्तारलाई निरन्तरता दिए । २०४५ सालमा हेरम्ब बहादुर थापा उदयपुर कांग्रेसको चौथो सभापतिको रुपमा आए । जिल्लामा उनको नेतृत्व रहेकै बेला निर्दलिय पञ्चायती ब्याबस्थाको अन्त्य भयो र बहुदलीय ब्याबस्था सुरु भयो ।
निर्दलिय पञ्चायती ब्याबस्थाको अन्त्य पछि नेपाली कांग्रेस सहित अन्य पार्टीहरु पनि अस्तित्वमा आए । त्यस पश्चात २०४८ सालमा पाँचौ सभापतिको रुपमा अर्जुन कुमार खड्का आए । बहुदलीय ब्याबस्थाको लागि अग्रपंक्तिमा उभिएर लडेको नेपाली कांग्रेसको इतिहास र खड्का सभापतिमा आए पछि गरेको सांगठनिक गतिविधिले अहिलेसम्म उनै खड्काको नाम भजाएर डा . नारायण खड्का उदयपुर कांग्रेस र केन्द्रमा हालि मुहालि गरि रहेका छन । यो भन्दा डा नारायण खड्काको उदयपुर कांग्रेसको लागि कुनै लगानी र देन छैन ।
खड्का पछि नारायण कार्की सभापति भए । राजनीतिमा निष्ठाको राजनीति गर्ने नाम बाट परिचित कार्की नेपाली कांग्रेस फुट्दा नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति भए । यस बिचमा नेपाली कांग्रेसको सभापति बिदुरबाबु नै थिए । प्रजातान्त्रिक कांग्रेस र कांग्रेस सस्थापन एकीकरण पछि नारायण कार्की सभापति र बिदुर बाबु सहसभापती भए ।
बिदुर बाबु पछि उनैलाई हराउदै कांग्रेसका उर्जाशिल र युवा नेता हिमाल कार्की २०६७ सालमा उदयपुर कांग्रेसको नेतृत्व सम्हाल्न आए । गुटगत राजनीति गर्ने, आफू केन्द्रित राजनिती गर्ने भन्दै आलोचित कार्की फेरि १३ औं महाधिबेशनबाट उनै बिदुर बाबु संग पराजित भए । उदयपुर कांग्रेसमा स्थापना काल देखि अम्वेवर परिवार हावी थिए तर केन्द्रमा डा. खड्का एक्लै हावी भए । आफू केन्द्रित राजनीति गर्ने खड्का केन्द्रमा एकै समुहमा कहिले रहेनन । कहिले संस्थापन पक्षमा देखिए भने कहिले इतर पक्षमा देखिए । जुन समुहमा जादा आफुलाई फाइदा हुने भयो तेतै ढल्किने खड्का मन्त्री समेत बने ।
अब आउने नेतृत्व कस्तो हुन पर्छ ?
कांग्रेस इतिहासलाई समिक्षा गर्दै अवको नेतृत्व फरक र पृथक हुन जरुरी छ । केन्द्रमा नेतृत्व परिवर्तन हुँदै नेतृत्व दोस्रो पुस्तामा आउनु पर्ने कुरा उठेको बेला जिल्ला तहमा पनि नेतृत्व परिबर्तन हुन पर्ने देखिन्छ । मुलुकको अहिले जनसंख्या र उमेरको अवस्था हेर्दा तन्नेरी समुहको बर्षच्व र प्रभाव धेरै रहेको तथ्यांकले देखाउछ । पुरानो नेतृत्व र राजनीति प्रती युवा पंक्तिमा बृतिष्णा बढेको छ । अब आउने नेतृत्वले ती युवाहरुलाई समेटेर लान जरुरि छ ।
उदयपुर कांग्रेसको नेतृत्वलागि अहिलेपनि तिनै पुराना अनुहारहरुले नै आंकाक्षा राखेको देखिन्छ । दुई दशक उदयपुर कांग्रेसको नेतृत्व गरेका बिदुर बाबू अझै सभापतिको आंकाक्षामा छन । एक पटक युवाहरुको नेतृत्व गर्दै सभापति बनेका हिमाल कार्की पनि तेहि दौडमा छन । यता युवाहरु सँग नजिकको सम्बन्ध बनाएका वसन्त बस्नेत अब नेतृत्व परिवर्तन हुन् पर्ने र युवाहरुले अवसर पाउनु पर्छ भन्ने आवाज उठाउदै जिल्लाको नेतृत्व आफुले पाउन पर्ने दावी गर्दै बिगत बर्ष देखिनै सभापतिको तयारिमा लागेका छन ।
पटक-पटक जिल्लाको नेतृत्व सम्हालेका बिदुरबाबुको पारिवारिक पृष्ठभुमि राजनीतिक भएपनि लाभको पदमा भने पुग्न सकेनन । संघीय गणतान्त्रिक मुलुक नेपालको पहिलो आम निर्वाचनमा प्रदेश सभाबाट निर्वाचन लडेका बिदुरबाबु पराजित भए । आफै जिल्ला सभापति भएका बेला निर्वाचन लड्दा समेत अन्तरघात भएर उनले हार ब्योहर्न पर्यो । यस बाट पनि के प्रष्ट हुन्छ भने उनले पार्टीलाई एक बनाएर लान सकेनन । यता हिमाल कार्की प्रदेश सभाको माननीय छन । अहिले सभापतिको दावा गरिरहेका कार्की निडर, युवाहरुको समेत प्रतिनिधित्व गर्न सक्ने भएकाले डा. खड्काको बिकल्पको रुपमा आउनु पर्ने युवा जमातको चाहना पाइन्छ ।
आजको राजनीतिक परिवेशमा तन्नेरीहरुलाई अगाडि लाएर नहिडे कुनै नेताहरुको पनि भविस्य छैन । उदयपुर कांग्रेस र उदयपुरे युवाहरु अहिले डा. खड्काको बिकल्पमा छन । बिना लगानी खड्का एक्लै कांग्रेसमा हावी हुदा धेरै उदयपुर कांग्रेसलाई लगानी गरेका युवा निरुत्साहित हुँदै राजनीति बाट टाढा हुन पर्ने अवस्थामा छन । अहिले देशको संरचना अनुसार युवाहरुको प्रतिनिधित्व गर्दै हिडेका बसन्त बस्नेतलाई जिल्लाको सभापति, हिमाल कार्की वा बिदुरबाबु मध्य एक केन्द्र र एक प्रदेश कमिटीमा जानु पर्दछ । जिल्लाको नेतृत्व गर्दै आएका नेताहरुले बिवेक पुर्याएर भोलिको युवा पुस्ताहरुलाई समेत राजनीतिक परिबेश सिर्जना गरिदिने र कांग्रेसको भविश्य प्रती चिन्तित देखिने हो भने आजको बिकल्प यो भन्दा हुन सक्दैन ।
जिल्लामा हुने कांग्रेसका हरेक कार्यक्रमलाई सफलपार्न युवाहरुलाई परिचालन गर्न सक्ने भएकाले पनि बसन्त बस्नेत अपरिहार्य जस्तै देखिएका छन र भएको पनि त्यस्तै छ । सरकारले गरेका अलोकतान्त्रिक गतिविधिलाई रोक्न कांग्रेसले गरेका बिरोधसभा देखि अन्य कार्यक्रम वसन्त बस्नेत बिना यात कोहि संचालन नै भएनन भने कोहि भएर पनि प्रभावकारी बनेनन । त्यस हिसाबमा पनि नेपाली कांग्रेस उदयपुरलाई सुधृण बनाउने हो भने बसन्त बस्नेत अहिले निर्बिकल्प सभापती हुन पर्ने देखिन्छ ।
दृढ इच्छाशक्ति र निडर भएका कारण हिमाल कार्की केन्द्रमा जानुपर्नेमा र राम्रो राजनीतिक लेगेशी भएका कारण बिदुरबाबु सकिन्छ केन्द्रमा नसके प्रदेश कमिटीमा लैजान कांग्रेस उदयपुर एक हुनुको बिकल्प छैन । यता पार्टीको सभापति समेत भएका र निष्ठाको राजनीति गर्ने नारायण कार्कीलाई पार्टीले सम्मान पुर्वक समानुपातिकबाट संसद वा राष्ट्रियसभामा लैजानु पर्ने आजको आबस्यकता र अपरिहार्यता पनि हो ।