काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् ।
आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।
पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
वडा अधिवेशन तोकिएको १२ गते नै क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने भएकाले प्रतिबेदन अध्ययन पछि मात्र महाधिवेशनको टुङ्गो लाग्ने प्रबक्ता विश्व प्रकाश शर्माले बताए ।
कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि केन्द्रीय महाधिवेशनलाई समेत प्रभाव पार्ने हुदा त्यस्लाई प्रभाव नपार्ने गरि मिति तोकिने प्रबक्ता शर्माले जानकारी दिए ।