उदयपुर। कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि उदयपुरको त्रियुगा नगरपालिकाको सभापतिका उम्मेद्वार टुङ्गो लागेको छ । जिल्लाको संस्थापन तर्फवाट सुमन कुमार चौधरी र इतर तर्फबाट प्रकाश खड्का बिच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका चौधरी हालका त्रियुगा नगर सचीव हुन भने लामो समय देखि राजनीतिमा सक्रिय खड्का वडा नं १० का वडा अध्यक्ष हुन ।
फरक-फरक समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले दुबैको प्रतिस्पर्धा टक्करको हुने आकलन गरिएको छ । पहाडे समुदायबाट खड्कालाई बढी भोट आउने अनुमान गरिएको छ भने मधेसी समुदायबाट चौधरीलाई भोट आउने आकलन गरिएको छ ।
संस्थापन र इतर गरि भोट प्यानल वाइज भयो भने जस्ले एक अर्काको भोट आफू तिर आकर्षित गर्न सक्छ उसैले बाजि मार्ने कार्यकर्ता बताउछन । १२ गते देखि हुने भनिएको कांग्रेसको स्थानीय महाधिवेशन क्रियाशिल सदस्यता बितरण बिवादका कारण केही समयका लागि स्थगित भएको छ ।
जिल्लाका अन्य पालिकाका सभापति भने पुर्ण टुङ्गो लाग्न बाकी छ । जिल्ला सभापतिमा भने सस्थापन तर्फबाट बिदुर बाबु बस्नेत या बसन्त बस्नेत, र इतर पक्षबाट हिमाल कार्की उम्मेद्वार हुने देखिएको छ। तथापी अहिले सम्म टुङ्गो भने लागि सकेको छैन।