विदेशबाट भिसा आएपछि काठमाडौं जान हिँडेका थिए जयसिंह, तुइन काटेर हालिदिए महाकालीमा

Logo
शुक्रबार, साउन १५, २०७८

१ कोरोनाविरुद्धको खोप दुरुपयोग नगरेको विराटनगरका मेयर पराजुलीको दावी, नजिकिँदै गरेको पार्टी महाधिवेशनलाई मध्यनजर गर्दै कांग्रेसभित्रकै एक समूहले आफूलाई बदनाम गराउने प्रयास गरेको जिकिर

२ खोटाङमा शनिबारदेखि ५५ वर्ष माथिकालाई पहिलो मात्राको भेरोसेल खोप लगाईने, कोरोना भाईरस विरुद्धको खोप दुई नगरपालिका र आठ गाउँपालिका गरी ७९ वटा स्वास्थ्य संस्थावाट लक्षित वर्गलाई दिईने

३ कोभिड १९ को तेस्रो लहरको तयारीमा लाग्न प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईको निर्देशन, उक्त समस्या र चुनौतीको सबैले मिलेर मात्र समाधान गर्न सकिने जिकिर

४ २४ घण्टामा २ हजार ४६७ मा कोरोना पुष्टि, १ हजार ८१६ जना संक्रमणमुक्त हुदा थप २७ जनाको मृत्यु, यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८३४ पुग्यो

५ एमालेको माधवकुमार नेपाल समूहको अनिर्णयले मन्त्रालय बाँडफाँट हुन नसक्दा मन्त्रिपरिषद् विस्तार अझै हुन सकेन, गठबन्धनका नेताका अनुसार आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी

६ सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको टिप्पणी, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहींकतै नचुक्न पनि ध्यानाकर्षण

७ माधव नेपाललाई फकाउन बिष्णु पौडेल उन्कै निवासपुगे, शुवास नेम्वाङ, लगाएत अन्य नेता लगाएर नेपाललाई फकाउदै ओली

८ महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा एक जना बेपत्ता, नेपाल तर्फ बाटो नभएकाले भारतीय बाटो प्रयोग गर्ने हुदाँ गयो ज्यान

९ चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने, अर्थमन्त्री र चिनियाँ राजदूतबीच द्धिपक्षीय सहायताबारे छलफल

१० ओलिले हटाएका अमिक शेरचन फेरि प्रदेश प्रमुखमा नियुक्त, गण्डकीका मुख्य मन्त्री रहेका शेरचन अहिले लुम्बिनीको प्रदेश प्रमुख, आजैदेखि पदभार ग्रहण

११ कोरोना महामारिमा अनलाइन मार्फत पढाउदै निजि बिद्यालय, सरकारी बिद्यालयका बिद्यार्थीले पढाइ समेत बिर्सिसके

१२ कोरोना महामारीबीच रोजगारीका लागि डेढ लाख नेपाली विदेशिए, बिदेशिएका मध्ये ८० हजार बढी अदक्ष कामदार

१३ कोरोना संक्रमित बढे सँगै प्रधानमन्त्रीले बोलाए सीसीएमसी बैठक, फेरि देशभर लकडाउन हुन सक्ने सम्भावना

१४ विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३२ औं संस्करणमा नेपाल सहभागितामै सीमित, ५ खेलाडी सहभागी भएकोमा सबै बाहिरिए

१५ विश्वमा एकै दिन थपिए साढे ६ लाख कोरोना संक्रमित, यो अवधिमा १० हजार १४० जना संक्रमितको मृत्यु यससँगै मृतकको संख्या ४२ लाख १३ हजार नजिक पुग्यो

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry