साउनको १३ गते आकाशमा घाम थिए तर प्रेम कुमार चौधरीको घरमा भने ग्रहण लाग्दै थियो । मध्यान्न करिव २ बजे प्रेम कुमार चौधरीकि कान्छी छोरी कृश्चला घरका सदस्यलाई केही नभनी बाहिर निस्किन्छिन । घरकी सानी छोरी लाडप्यार सँग पालेकी साथिको घरमा गै राख्ने घरबाट निस्किदा कसैले सोधेनन कहाँ हिडेकी भनेर । घरबाट उनी सिधै घर नजिकैको एक आधारभुत बिद्यालयमा गएर मोबाइल चलाएर बसेको बिद्यालय नजिकैका स्थानीयले देखेको भए पनि दिउँसो गोठालोका लागि आएकी होला भन्ने संकाले उस्को वास्ता गरेनन ।
करिब एक घण्टा मोबाइल चलाए पछि अन्दाजी दिउसोको ३ बजे उनी त्यहाँबाट हिडेको र जलजले मोहनपुर नजिकै पर्ने चुरे जंगलतिर लागेको एक स्थानीयले देखेका थिए । बेलुका कृश्चला घर नफर्किए पछि गाउँमा हल्लाखल्ला भयो । उनको खोजी गर्न थालियो । घरबाट यहाँ जान्छु उहाँ जान्छु नभनी निक्लेकि कृश्चलालाई वरपर छरछिमेक उस्का साथीहरुकोमा खोजी भयो कहिँ पाइएन । खोजी गर्ने क्रममा बिद्यालय गएर मोबाइल चलाएर बसेको र जंगल तिर लागेको सम्म छरछिमेकबाट जानकारी पाए ।
घरमा औषधिको पसल गरेर बसेका प्रेमकुमार आफू पनि पढालेखा सोझो इमानदार कसैलाई नबिझाउने नदुखाउने छोरी सानै छर छिमेकमा कसैमाथि संका गर्ने ठाउँ नै थिएन । आफन्त वा कोहि साथिकोमा गइनकि भनेर परिवारले उनको खोजी गर्यो । छोरी हराएको कसैलाई जानकारी नगराई आफ्नै पारिवारिक हिसाबमा खोजीगरिरहे । छोरी खोज्दा कहिँ पत्तो नलागे पनि छोरी फर्केर आउने आशमा बसेका प्रेम कुमारको परिवारलाई साउन १९ गते भने ठूलो बज्रपात लाग्यो ।
मोहनपुर नजिकैको जंगलमा एक युवतिको लास स्थानीयले देखे । गाउँभर हल्ला भयो जिल्लाप्रहरी कार्यलय उदयपुरबाट प्रहरी गएर लासलाई उठाएर लगे । त्यो खवर कृश्चलाको परिवारको कान सम्म पुग्यो । मनमा डरको भारी बोकेर लासको पहिचान गर्न गएका प्रेमकुमार लास नजिक पुगे पछि आफुले टेकेको धर्ती भासिदै गएको र आफू माथिको आकाश खसेर किचे जस्तो भए । उज्यालो दिन अध्यारो भयो प्रेम कुमार केही देख्न छाडे । सडेको पहिचान नै गर्न नसकिने अबस्थामा पुगेको आफ्नै हातले खेलार हुर्काएकी कान्छिछोरिको लास देख्दा आँखाबाट आसुका धारा झरेर खुट्टामा लगाएका जुत्ता भिज्यो ।
उठेर हिड्न सकेनन प्रेम कुमार । कस्लाई सुनाउने त्यो छाती फुटेको पिडा, आँखाबाट आँसु खसाएर मात्र उनले पीडा पखाल्न सक्थे, श्रीमतीलाई आफैले सम्झाउन सम्हाल्न पर्ने । केही सम्हालिएर लासलाई शव वाहन मार्फत पोष्टमार्टमको लागि धरान लिएर गए । हस्पिटलले त्यसै दिन पोष्टमार्टम गरि दिएन त्यहीँ बस्न परो । भोलि पल्ट पोष्टमार्टम गरेर लास लिएर फर्किए । थारु संस्कृति बमोजिम छोरिको अन्तिम संस्कार गरेर न्यायको लागि प्रहरीकहाँ गए ।
प्रहरीले छानबिन गरेर कृश्चलाका दोषिलाई कठघरामा ल्याएर छाड्ने बिश्वास दिलार प्रेम कुमारको परिवारलाई घर फर्कायो । प्रहरीले आफ्नो तवरबाट अनुसन्धान सुरु गर्यो । तर प्रहरीले परिवार लगाएत नजिक छरछिमेकका कसैलाई पनि बोलाएर सोधपुछ गरेन । उनिहरुलाई थोरै सँका लाग्न थाल्यो । प्रहरीले जंगलमा शव भेटिएर ल्याएको र त्यसको अनुसन्धान भै रहेको भनेर घटनाको सार्वजनिक गरेन ।
घटना सार्वजनिक गरे पछि दोषीसम्म पुग्न अप्ठेरो हुने भएकाले प्रहरीले घटना सार्वजनिक नगरेको हुन सक्छ । तर आफ्नो काखकी कान्छी छोरीलाई त्यस्तो अवस्थामा पाएर आफ्नै हातले अन्तिम संस्कार गर्नु परेको पिडामा प्रहरिले मल्हम नलगाएको, प्रहरी दोषी नजिक पुग्न नसकि रहेको आसंकाका साथ घटना बाहिरियो । घटना बाहिरिए पछि प्रहरीले पनि तिनजना युवालाई पक्राउ गरि अनुसन्धान गरिरहेको सार्वजनिक गर्यो । कृश्चलाको परिवार अहिले पनि ढुक्क त छैन तर पनि प्रहरिले निस्पक्ष छानविन गरि न्याय दिने आशमा छन ।
घटना सार्वजनिक भएपछी प्रेम कुमारको परिवारलाई कसैले छोरीको हत्या नभई आत्महत्या गरेको भनेर कसैले सुनाई दिएका कारण थोरै अनुसन्धानमा आसंका भएका बताएका छन । गहभरी आँसु बनाएर प्रेम कुमार भन्छन “छोरीको त्यसरी बीभत्स हत्या गरिएको छ, यहाँ कहि कतै मान्छे आत्महत्या गरेको भनेर कुरा गर्न थालेका छन, अनुसन्धान पनि ढिला भै रहेको छ कहि दोषिले प्रहरीलाई दवाव र प्रभावमा पारेर मान्छेले कुरा गरे अनुसार आत्महत्या नै गरेको भन्छन कि ?”
कृश्चलाको घटनाको प्रकृती हेर्दा सामुहिक बलात्कार पछि हत्या गरेको जस्तो देखिन्छ । घटना पश्चात कृश्चलाको शव भेटिएको स्थान हेर्दा उन्लाई हत्या गरेर शवलाई लुकाउन खोलाले कटान गरेर बनाएको ओढार जस्तो ठाउँमा कोचरेको देखिन्छ । खोलाको छेउमा भएको रुखको फेदमा खोलाले कटान गरेर रुखका जराहरुका कारण बनेको ओढार जस्तो चेपमा उनको शव सेउलाले छोपेको, निकै ठुला ढुंगा र माटोको चपराले थिचेको थियो ।
त्यति मात्र हैन प्रेम कुमार आफू पनि मेडिकल सम्बन्धि जानकार भएका कारण शवको अबस्था हेर्दा हत्या पश्चात पनि शवलाई छिटै गलाउन विभिन्न केमिकल प्रयोग गरेको जस्तो देखिएको बताउछ्न । शवलाई छोपिएका सेउला हेर्दा दोषीले हरेक दिन जसो गएर हत्या गरेको शवलाई निरीक्षण गर्ने र फरक सेउलाले छोप्दै आउने गरेको जस्तो देखिएको परिवार बताउछ ।
हराएको करिव पाँच दिनमा कृश्चलाको शव भेटिएको थियो । जब उनको शव भेटियो शवलाई पहिचान गर्न नै मुस्किल थियो । यति छोटो समयमा शव पहिचान नै गर्न नसकिने गरि गल्नुमा उनिहरु हत्याराले हत्या पश्चात विभिन्न केमिकल प्रयोग गरि शवलाई छिटो सडाउन खोजेको आसंका गर्दछन । जसरी हत्या पश्चात पनि सबुत मेटाउन विभिन्न हतकण्डा गरिएको छ त्यसको प्रकृति हेर्दा हत्यारा सिरियल किलर र प्रहरी प्रशासनलाई प्रभाव पार्ने खाल्को देखिएकाले कृश्चलाको परिवार ससंकित बनेको छ ।
प्रहरीले पक्राउ गरेको भनिएका तीन युवक मार्फत प्रहरी हत्यारा सम्म पुग्नेमा उनिहरु बिश्वस्त त छन तर प्रहरीलाई प्रभावमा पारी घटनाले अर्कै मोड पो लिने हो कि भन्नेमा ससंकित पनि छन । कृश्चलाले सामाजिक सञ्जाल फेसबुक चलाउने गरेको र उनको फेसबुकमा विभिन्न लभ रियाक्ट गरेका तस्विर हरु राजा भन्दै गरिएका पोष्टहरु पाइन्छन । परिवारले नचिनेको एक युवको फोटो समेत कृश्चलाले सेयर गरेको र त्यस्मा किङ भन्दै लभ रियाक्ट गरेको तस्विर उनको फेसबुक स्टोरिमा रहेको हुदा सो ब्याक्तीमा परिवारको आसंका रहेको छ ।
एक जना मिया थर भएको मानिस प्राय कृश्चलालाई फेसबुकमा आफ्ना फोटा ट्याग गरि राख्ने गरेको र कृश्चलाको मृत्यु भएको घटना बाहिर आए पछि ती ट्याग गरेका फोटाहरु सबै डिलिट गरेको हुदा ती युवालाइ पनि छानबिन गर्न उनिहरुले आग्रह समेत गरेका छन । परिवारका कुनै सदस्यसँग अहिलेसम्म प्रहरीले कृश्चलाको बारेमा सामन्य जानकारी समेत लिएको छैन । परिवारका सदस्यसँग एक पटक पनि सोधपुछ समेत नगर्दा प्रहरीको अनुसन्धान कहाँ पुग्यो र अनुसन्धान गरिदै छ या छैन भन्नेमा समेत उनिहरु अनविज्ञ छन्।